विशाल भट्टराई गुल्मी, वैशाख ७।
सरकारले बर्तुङ– तानसेन–तम्घास सडक खण्डलाई ३० मिटर चौडा पार्ने पक्का भएपछि गुल्मीको रिडी देखि तम्घास सम्म ५ सय बढी घर भत्कने भएका छन् ।
बर्षौँ पहिले कायम भएको सडकलाई सरकारले चौडा पार्ने नीति लिएपछि सडक छेउँछाउँमा घर भएका घरधनीहरुपनि आतंकीत भएका छन् । सडक चौडा पार्नका लागि तत्कालै कुनैपनि कार्यक्रम स्विकृत नभईसकेको भएपनि मन्त्रीपरिषदले उक्त सडकलाई चौडा पार्ने निर्णय गरिसकेको छ । सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख कर्णबहादुर रानाभाटले आफूहरुले सरकारको नीति अनुसार लगत्त कट्टा गर्ने काम सुरु गरिसेको जानकारी दिनुभयो ।
पुराना बजार र सांस्कृतीक महत्वका ठाउँमा बाहेक अरु सबै ठाउँमा यो सडकमा सरकारले सडकसिमा ३० मिटर बनाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।‘सडकलाई सुरक्षित बनाउनुपर्ने देखिएको छ, तानसेन देखि तम्घास सम्म १० वटा जति घुम्तिहरुपनि मिलाउनुपर्ने आवश्यक्ता छ’ उहाँले भन्नुभयो ‘केही बर्ष लाग्ला तर सडक छेउँछाउँमा भएका सम्पूर्ण घरहरु भत्कन्छन् ।’ उनका अनुसार सडक भन्दा पनि पुराना सहरहरु भएका त्यसलाई सरकारले संरक्षण गर्ने जनाएको छ । सडक भन्दा पुरानो बजार क्षेत्रमा सडक चौडा नपार्नका लागि मन्त्रीपरिषदबाट स्विकृत गरेर ल्याउनुपर्ने प्राबधान छ ।
उनका अनुसार सडक बिस्तारका लागि आगामी आर्थिक बर्षमा सानो ठूलो कार्यक्रम आउने पक्का छ । सरकारले सडक चौडा पार्ने भएसँगै सडक छेउँछाउँमा रहेका घर तथा जग्गालाई धितोमा राखेर बैंकहरुले ऋण दिन पनि छोडिसकेका छन् । सडक छेउँछाउँको घरजग्गालाई धितोमा राखेर ऋण लिएका पूराना ऋणिहरुलेपनि बैंक ब्याज तिर्न छोडेका छन् । ऋणिहरुले ‘बैंकलाई आफूहरुको घरजग्गा लिलाम गर्न चुनौती’ दिएका छन् । तर बैंकहरुले लिलाम पनि गरेका छैनन् ।
जिल्ला मालपोत कार्यालयका प्रमुख रामचन्द्र अर्यालका अनुसार अहिले सम्म गुल्मी रहेको सम्पूर्ण बाटोपनि जग्गा धनीकै नाममा छ । सरकारले लगत कट्टा गर्ने कार्यक्रमलाई अगाडि बढाएको भएपनि अहिले सम्म गुल्मीमा लगत कट्टाको काम नभएको अर्यालले जानकारी दिनुभयो । ‘सरकारबाट यो प्रक्रिया चाहीँ सुरु भएको हो, तर अहिले सम्म गुल्मीमा रहेको सडक ब्यक्तिहरुकै लालपूर्जामा छ’ उहाँले भन्नुभयो ‘तर अहिले सडक छेउँछाउँमा रहेका घरजग्गाको किनबेच शुन्य भएको छ ।’ उहाँका अनुसार सरकाले सडकलाई चौडा पार्ने निर्णय गरेसँगै सडक छेउँछाउँका घरजग्गा किनबेचमा सुनसान भएको हो ।
पुरानै सडकलाई कायम गरि चौडा पार्ने कार्यक्रम सुरु भएमा गुल्मीको बलेटक्सार बजारले सबैभन्दा बढी क्षती बेहोर्ने देखिन्छ । बलेटक्सार गाविसका पूर्ण सभापति देबनारायण ज्ञवालीले बलेटक्सारमा झण्डै १ सय घर भत्कने बताउनुभयो । तर आफूहरु निरन्तर संघर्षमा रहेको उहाँको भनाई छ । ‘बजारमै बाटो चौडा भएमा थुप्रैको घरबार खोसिन्छ’ उहाँले भन्नुभयो ‘सरकारी निर्णयले घरजग्गा धनीहरुलाई आतंकीत बनाएको छ ।’ सरकारले अघिल्लो बर्षनै यो सडकलाई चौडा पार्ने निर्णय गरेको हो । बलेटक्सार गाविसका सचिव टिकाबहादुर केसीले बलेटक्सार क्षेत्रमा कताबाट सडक लैजाने भन्नेमै बिबाद भएको बताउनुहुन्छ । ‘गाउँमा विभिन्न समयमा छलफल त भएको छ तर कताबाट सडक लैजाने भन्नेमै बिबाद देखिन्छ’ उहाँले भन्नुभयो ‘सडक भत्कने भएपछि स्थानीयहरु डेलिकेशन पनि गएका हुन्, केही पूराना घर छन् तर अहिलेपनि घर बनाउने क्रम रोकिएको छैन् ।’
बलेटक्सार मात्र हैन् सडक चौडा हुँदा रिडी देखि तम्घास सम्म विचमा पर्ने बजारमा लगभग सबै घर भत्कन्छन् । सदरमुकाम तम्घासमैपनि बजार क्षेत्रबाट सडक लैजानेकी केहि माथीबाट सडकलाई बाईपास गर्ने भन्ने बारे बहस भईरहेको छ । सदरमुकाम तम्घासमा पनि बजार क्षेत्रबाटनै सडक लैजाने निर्णय भएमा भत्कने घरको संख्या अझ ठूलो हुन्छ । सडक बिस्तारले सडकखण्डमै पर्ने तानसेन बजारमा ठूलो क्षती हुने भएपछि बाटोलाई बजारबाटै बाईपास गरिएको छ । ऐतिहासिक महत्वको तानसेन बजारलाई भत्काउन नहुने भनेर त्यहाँका स्थानीयले सडकलाई ढुंगाखानीमा जोडिने गरिबाईपास गराएका हुन् । तानसेनमा भने बजार क्षेत्रमा नआउने ट्रयाक खुलिसकेको छ । यो सडक खण्डमा साँघुरो सडक र डरलाग्दा घुम्तिहरुले गर्दा पटकपटक दुर्घटना हुने गरेका छन् । सरकारको सडक बिस्तारको निर्णयले दुखि र खुशी हुनेपनि बराबरनै छन् ।
नयाँ बाटोको प्रस्ताव
सभासद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले बुटवल र तम्घासलाई जोड्ने नयाँ बाटोको प्रस्ताव गर्नुभएको छ । उहाँल्े पहिले कायम भएको बाटो धेरै लामो र अप्ठ्यारो भएको भन्दै नयाँ बाटोको प्रस्ताव गर्नुभएको छ । उहाँले प्रस्ताव गरेको साल्झण्डीदेखि खज्र्याङ हुँदै तम्घास जोड्ने सडकका बिषयमा जिल्लाको एक टोलीले स्थलगत अनुगमन पनि गरेको छ । सभासद भण्डारी सहित यहाँ क्रियाशिल सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्थानीय विकास अधिकारी, प्राविधिक सहितको टोलीले उक्त सडकको अनुगमन गरेको हो । सडकको समस्या तथा दुर्घटनाका विषयहरुलाई हेरी ७० किलोमिटरमै बुटवलदेखि तमघाससम्म ल्याई पु¥याउने उदेश्यका साथ सालझण्डी, खज्र्याङ हुँदै तम्घास जोड्ने बाटोलाई आफूले प्रस्ताव गरेको भण्डारीले बताउनुभयो ।
सडक छिट्टै खोल्न सकेमा गुल्मी सहित अर्घाखाँची र पाल्पाका जनता पनि लाभाम्बित हुने उहाँको दावी छ । अनुगमन टोलीले राखेको अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले भण्डारीले प्रस्ताव गरेको सडक खोल्न सकेमा सबैलाई फाईदा पुग्ने बताउनुभयो । भण्डारीले गुल्मीवासीको जीवन, उनीहरुको आबश्यकता र जिल्लाको विकासप्रति सधै सचेत रहेको बताउँदै जस्तो मुल्य चुकाएर पनि यो फास्ट ट्रयाक पुरा गरेरै छाड्ने बताउनुभयो । ट्रयाक सञ्चालन भएमा आपूुहरुको उत्पादनले पनि बजार पाउने र पर्यटन प्रबद्र्धनमा समेत विकास हुने स्थानीयले अपेक्षा लिएका छन् । भण्डारीले संबिधानसभाको निर्वाचनमा पनि आफ्नो मुख्य उदेश्य यहि सडक खोल्ने भएको बताउनुभएको थियो ।

0 $type={blogger}:
Post a Comment