Friday, April 18, 2014

यथास्थिती र परिवर्तनकारी बीच शीतयुद्धः एमाआवादी नेता महरा

प्रेम सुनार
गुल्मी, बैशाख  ५ । एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृह मन्त्री कृष्णबहादुर महराले याथास्थितीवादी र परिवर्तनकारी शक्तिबीच शीतयुद्ध रहेको बताएका छन् ।
शुक्रवार एकिकृत नेकपा मआवादी गुल्मीको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता महराले यस्तो बताएका हुन् । ‘एकातिर २०४७ कै संविधान बनाउने, राजा फर्काउने, र संसदिय व्यवस्था ल्याउने भनेर अहिले पनि संसद भित्र र बाहिरबाट चलखेल भैरहेको छ भने हामी पहिचान गुमेको वर्ग, समुदायलाई पूर्ण त अधिकार सम्पन्न बनाउने भनिरहेका छौ – नेता महराले भने – अहिले हामी र उनीहरुविच यहि विषयको शीतयुद्ध, राष्ट्रिय राजनीतिको चुरोकुरो यही हो ।’
विश्वका कुनैपनि मुलुकमा युद्धपछि द्धन्द्ध व्यवस्थापनमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर मात्रै व्यवस्थापन गरीने विश्वव्यापी मान्यतार भएपनि अहिलेको सरकारले फुजेल घटनाको आरोपिलाई पक्रेर द्वन्द्ध बल्झाउने काम गरीएको आरोप लगाए  । ‘ यस्ता मुद्धाहरु अध्यक्ष प्रचण्डका टाउको देखि हामी सबैको टाउकोमा  छन्, – उनले भने – यीनिहरुलाई बल्झाउने हो भने द्वन्द्ध फेरी निम्तिन्छ ।समाधान हुँदैन, झन् बढाउने काम हुन्छ ।’ उनले अहिले दुबै माओवादी यसको विपक्षमा उभिएको बताउँदै विगतका घटना व्युँताएमा जे पनि हुन सक्ने चेतावनी दिए । ‘आन्दोलन हिजो बन्दुकबाट भयो, अव सडकबाट पनि हुन सक्छ ।’ – उनले भने ।
सरकारले स्थानिय निकायको निर्वाचन गराउन खोज्नु समयमै संविधान नबनाउने बाहना भएको उनले बताए । ‘हामी स्थानिय निकायको निर्वाचनको विरोधी  हैनाँै तर संविधान निर्माण गरेर मात्र स्थानिय निकायको निर्वाचन गर्नुपर्छ ।’
नेता महराले नेपाली जनताको पूर्ण मुक्तिका लागि अधिकारसम्पन्न र पहिचान गुमाईएकाहरुको पहिचान दिने खालको संविधान नबनाएसम्म आफ्नो पार्टी लडिरहने बताए । कार्यक्रममा मगराँत राज्य समिति ईञ्चार्ज लोकेन्द्र विष्ट मगरले दोस्रो संविधानसभामा आफ्नो पार्टीले हार्नुको गम्भिर समिक्षा गरेर मात्रै सम्मेलन गर्न थालिएको बताए । ‘अघिल्लो संविधान सभाको चुनावपछि हामी अलि मात्तिएका पनि थियौँ होला’ उनले भने – त्यस मातको हामी समिक्षा गर्ने छौ , तर साथी हो आत्तिनु पर्दैन ।’
सम्मेलन शनिवार सम्म चल्ने र यसले  नयाँ नेतृत्व चयन गर्ने जिल्ला सदस्य भुपाल पोखरेलले जानकारी दिए । प्रतिनिधी र पर्यवेक्षक मात्र बोलाईएको सम्मेलनमा प्रथम जिल्ला सम्मेलन भन्दा बढी सहभागीता देखिएको छ । कार्यक्रममा शहिद परीवार, कम्युनिष्ट पार्टीका गुल्मी जिल्लाका संस्थापक नेता पुर्ण बहादुर खत्री, केन्द्रिय सल्लाहकार टंक पोखरेल लगायतले अरु कम्युनिष्टहरुबाट नेपाली जनताको मुक्ति असंभव भएकोले माओवादी अहिलेकै पाराले चल्न नहुने सुझाव दिएका थिए ।
सम्मेलनको उद्घाटन सत्र केन्द्रिय सदस्य एवं सम्मेलन आयोजक समिति संयोजक दिनेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सदस्य निम बहादुर पाण्डेको स्वागत र  पूर्व संयोजक सुदर्शन बरालको सञ्चालनमा सम्पन्न भएको थियो ।
४५६७२३४ ६ ७८९ unnamed एर ग तरब यु य यु३४

0 $type={blogger}: