प्रेम सुनार
गुल्मी चैत्र ४ । १६ वर्ष अघि देखि हङ्गकङ्गमा वस्दै आउनु भएका गैह्र आवसीय नेपाल संघ ( एनआरएन ) का प्रवक्ता रहनु भएका गुल्मी हाड्हाडेका नेत्रबहादुर पहराईले गाउँवासीमा आशाको दियो जलाउनु भएको छ ।
गुल्मी सेवा समाज हङ्गकङ्गको अध्यक्ष , नेपाली जन सम्पर्क मञ्च हङ्गकङ्गको महासचिव, चेम्वर अफ कमर्शको सचिव हङ्गकङ्ग नेपाली उद्योग महासंघको पुर्व महासचिव लगायत दर्जनौं संस्थामा रहेर देशको विकास र प्रवासी नेपालीहरुको हक हक–हितका पक्षमा क्रियाशिल पहराईले अव आफ्नो गाउँ हाडहाडे र सिंङ्गो जिल्लाको विकासका लागि पहल थाली सक्नु भएको छ ।
उहाँले गुल्मीको शिक्षा , स्वास्थ्य र सञ्चार विकासका लागि वावु मानबहादुर पहराईका नाममा २ लाख भन्दा बढि धनराशीको अक्षय कोष स्थापना गरी सक्नु भएको छ । हाडहाडेका पुराना समाज सेवी रहनु भएका उहाँका वावु मानबहादुरको ८४ पुजाका अवसरमा उहाँले उक्त अक्षयकोषको स्थापना गर्नु भएको हो ।
८४ पुजाका अवरमा उहाँले पिपलधाराका लोप हुन आँटेका भजन मण्डली र हाडहाडेका नौमति वाज संरक्षणका लागि समेत पहल सुरु गर्नु भएको छ । त्यस्तै युवाहरुको खेलकुद विकासका लागि पनि पहल सुरु गर्नु भएको छ ।
८४ पुजाको अवसरमा उहाँले तिन दिन सम्म विविध सांस्कृतिक कार्यक्रम तथा भलिवल प्रतियोगीता गरेर स्थानिय युवाहरुलाई प्रोत्साहीत गर्नु भएको छ । भलिवल प्रतियोगीतामा पिपलधार ९ प्रथम भएको छ । पिपलधारा ३ दृतिय र घरेलु टिम हाडहाडे ५ तृतिय भएको छ । पहराईले प्रथम , दृतिय र तृतियलाई क्रमशः १२ हजार , ९ हजार र ६ हजार नगद पुरष्कार मेडल प्रमाण पत्र र शिल्ड प्रदान गर्नु भयो ।
त्यस्तै पिपलधार ९ का अनिल जिसी सर्वोउत्कृष्ट खेलाडी र सार्वेत्कृष्ट अनुशासनको पुरष्कार हाडहाडे ५ का भविराम दर्लामीले हाता पार्नु भयो । कार्यक्रमका प्रमुख अतिथी नेपाली कांगेसका जिल्ला सदस्य लक्ष्मीप्रसाद अर्यालले नेत्रबहादुर पहराईबाट जिल्लावासीले ठुलो अपेक्षा राखेको बताउनु भयो । त्यस्तै पहराई समाजका अध्यक्ष छन्दबहादु पहराईले नेत्रबहादु पहराईले हाडहाडेवासीमा आशाको दियो जलाई दिएको बताउनु भयो । उहाँका वावु मानबहादुर पहराई हाडहाडेको विकास निर्माणका पथ प्रदर्शक भएको र छोरा नेत्रले पनि वावुको पिडो थामेको धारणा राख्नु भयो । कार्यक्रममा पिपलधाराका समाज सेवी हरिबहादु थापा, सोमर भोमर माध्यामिक विद्यालयका प्रधानध्यापक काशीराम खनाल, नेविसंगका जिल्ला अध्यक्ष कृष्ण अर्याल , यस समाचारदाता लगायतको आतिथ्यता थियो । समापन समारोहका दिन राष्ट्रिय कलाकार सन्तु थापा, रुपा जिएम, सृजना रेश्मी मगर, मैना रेश्मी मगर , चलचित्रका हास्य कलाकार शेरबहादुर गुरुङ्ग, गायक रामकुमार विष्ट, मधुसुदन थापाको वेजोड प्रस्तुती रहेको थियो । त्यस्तै स्थानिय कलाकार मुना पहराई श्रीस, दिपक काउछा, ओमकला पहराई, कमला राना, जानकी राना, कमला पहराई, नारायण श्रेष्ठ लगाएतको प्रस्ुतीले पनि रौनकता थपेको थियो । समारोहलाई सम्वोधन गदै एनआरएनका प्रवक्ता पहराईले अक्षय कोष सुरुवात मात्रै भएको र अव आफुले सिङ्गो गुल्मी जिल्लाको विकासमा पहल थाल्ने उदेघोष गर्नु भएको थियो । पहराई सेवा समाज हाडहाडेका अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सचिव छन्दबहादुर पहराईका् अध्यक्षता रहेको कायक्रममा शिक्षक लुमबहादु पहराईको सञ्चालन रहेको थियो ।

0 $type={blogger}:
Post a Comment