Wednesday, April 23, 2014

आजको गुल्मी फिचरमा: दिगामको पहिचान,उखु हराउने हो कि भन्ने चिन्ता

प्रेम सुनार गुल्मी, बैशाख १० ।
एक समय पश्चिम नेपाल मैं प्रशिद्ध दिगामको उखु त्यसको खुदो र गुँड यति वेला कम चर्चामा छ । युवा पिढीहरु कोहि अध्यानमा विभिन्न शहरमा कोही रोजगारीका लागि विदेशमा हुँदा केवल बुढा पाकाहरु कै काँधमा अडिएको छ त्यहाँको उखु खेती । गुँड उत्पादनबाट फड्को मारेर यति वेला चकलेट उत्पादन केन्द्र भई सक्नु पर्ने दिगाम गा.वि.स.मा उखु खेती हराउँदै गएको प्रति त्यहाँका अधिकांस बुढा पाकाहरुको बढो चिन्ता छ । अतः एक त युवाहरु देश प्रदेशमा पलायन अर्को तिर राज्यले त्यहाँका कृषकलाई प्रोत्साहित गर्न नसक्नुको प्रमुख कारणबाट त्यहाँको उखु खेती हराउँदै जान थालेको बुझेर हामी त्यहाँ पुगेर तिनै बुढापाकाहरुको चिन्ता र चासोबारे रेडियो कुराकानी गरेर फर्किएका छौं । प्रस्तुत छ आजको गुल्मी फिचरमा उनै दिगामवासी बुढा पाकाहरुको उखुखेती प्रति चिन्ता र चासो सुनौ रेडियो कुरा कानी 

0 $type={blogger}: