प्रेम सुनार गुल्मी, बैशाख १३ ।
गत चार वर्ष यता गुल्मीमा आत्मा हत्या गर्नेहरुको संख्या , उमेर र मृत्यु पुर्वका कारणहरु खोतल्ने हो भने अव यहाँका राजनैतिक दल, संघ संस्था र संबन्धीत निकायले जनचेतनाका लागि तुरुन्तै कदम चाल्नै पर्ने देखिएको छ । गत ४ वर्ष अघिको तुलनामा आर्थिक वर्ष २०७०/०७१ सम्म आई आई पुग्दा गुल्मीमा आत्मा हत्याको संख्या झन बढ्दो छ । जिल्ला प्रहरी कर्यालय गुल्मीले दिएको विवरण अनुसार नयाँ वर्ष २०७१ लागेको दुई हप्ता नवित्दै ८ जनाले आत्मा हत्या गरेका छन् । २०६७/ ० ६८ मा ३५ जना, २०६८/०६९ मा ४४ जना , २०६९/०७० मा ६२ जना र २०७० पार गरी २०७१ को पहिलो महिना सम्म ४९ जना सहित चार वर्षमा १ सय ९० जनाले आत्मा हत्या गरेका छन् । २०६७/०६८ भर क्षेत्र नम्वर १ मा ९ जना झुण्डीएर १ जना डुवेर सहित १० जनाले आत्मा हत्या गरेका थिए । क्षेत्र नम्वर २ मा ९ जनाले झुण्डीएर आत्मा हत्या गरे । क्षेत्र नम्वर ३ मा १५, जनाले झुण्डीएर १ जना विष सेवन सहित १६ जनाले आत्मा हत्या गरेका थिए । २०६८/०६९ भर क्षेत्र नम्वर १ मा ७ जनाले झुण्डीएर, २ जना डुवेर सहित ९ जना, क्षेत्र नम्वर २ मा १२ जना झुण्डीएर १ जना विष सेवन सहित १३ जनाले आत्मा हत्या गरेका थिए । क्षेत्र नम्वर ३ मा झुण्डीएर १८ जना र ४ जना विष सेवन सहित २२ जनाले आत्मा हत्या गरेका थिए । २०६९/०७० मा क्षेत्र नम्वर १ मा झुण्डीएर ६ जना, डुवेर १ , विष सेवन गरी १ जना सहित ८ जनाले आत्मा हत्या गरे । क्षेत्र नम्वर २ मा ४ जना विष सेवन र २१ जना झुण्डएर सहित जना २५ ले आत्मा हत्या गरेका थिए । क्षेत्र नम्वर ३ मा झुण्डीएर २४ जना झुण्डीएर ५ जना विष सेवन सहित २९ जनाले आत्मा हत्या गरेका थिए । २०७०/०७१ मा क्षेत्र नम्वर १ मा झुण्डएर ४ जनाले , क्षेत्र नम्वर २ मा २१ जना झुण्डीएर, विष सेवनबाट ४ जना र हाम्फालेर ४ जना सहित २८ जनाले आत्मा हत्या गरेका थिए । क्षेत्र नम्वर ३ मा १६ जना झुण्डीएर १ जना विष सेवन सहित १७ जनाले आत्मा हत्या गरेका थिए । यस हिसावले सवै भन्दा बढि आत्मा हत्या क्षेत्र नम्वर ३ मा ८४ जनाले गरेका छन् । क्षेत्र नम्वर २ मा ७५ जना र क्षेत्र नम्वर १ मा ३१ जनाले आत्मा हत्या गरेका छन् । आत्मा हत्या गर्नेहरुमा १६वर्ष मुनीका ३ जना रहेका छन् । १६ वर्ष उमेरका १७ जनाले आत्मा हत्या गरेका छन् । १६ देखि २५ वर्ष उमेरका ४२ जना र २६ देखि ३५ वर्ष उमेरका ३८ जना , ३६ देखि ४५ वर्ष उमेरका ३१ जना, ४६ देखि ६० वर्ष उमेरका ३६ र ६० वर्ष भन्दा माथीका २३ जनाले आत्मा अत्या गरेका छन् । उनिहरु मध्ये महिलाहरुको संख्या बढि छ । दौंघा २ की २३ वर्षिया मिना ज्ञवालीको कार्तिक २२ गतेका दिन आत्मा हत्या नभई हत्या भएको माईतीजनको आशंका छ । दाईजो कम ल्याएको भन्दै श्रीमान मदन ज्ञवालीले हेला गर्दै आएको र गत तिहारमा विरामी छु भनेर ढाँट्दै माईतीबाट घर बोलाएको अर्को दिन उनि झुण्डीएको अवस्थामा फेला परेकी थिईन् । उसै दिन मदन वुटवलतिर हिडेका थिए । उनको माईती अर्घाखाँचीको पडेना गाविसमा पर्दछ । उनका माईतजनले मिनालाई कसैले हत्या गरेर झुण्डाएर राखेको भन्दै छानविनको माग गरेका छन् । अधिकांस महिलाहरु घरेलु हिंसा सहन नसकेर आत्मा हत्या गरेको र केहि अवैध सम्वन्ध र गरिवीले आत्मा हत्या गरेको देखिएको छ । पुरुषहरु विशेषतः गरिवीले डिप्रेशनको शिकार भएर आत्मा हत्या गरेको पाईएको छ । पाको उमेरका पुरुषहरु धेरै जसो अशौज , कार्तिक अर्थात दशै तिहारको बेला आत्मा हत्या गरेका छन् । यसबाट चाड पर्वमा अरुका घरको तयारी र आफ्नो घरको अभाव सहन नसकेको देखिन्छ ।जो यस्तो अवस्थामा मृत फेला पर्छन् यहि बैशाख ७ गते वुटवलबाट हाईस चलाएर तम्घास आई पुगेका तम्घास ३ धागीथुमका २७ वर्षिय कृष्ण भण्डारी साँझ ९ वजे सम्म साथीहरु संग हाँसी खुशी वसेका थिए । ल सुत्न गएँ भनेर हिडेका भण्डारी उदिनढुङ्गा स्थित कोठामा श्रीमति संग हाँसी खुशी खान खान्छन् र सुत्छन् । करिव सवा दश वजे कोठामा रुवावासी मच्चीन्छ । घरवेटीले वाहिरबाट चिहाउँदा झुण्डीएका भण्डारीको खुट्टा समात्दै श्रीमति रुदै गरेको अवस्थामा देख्छन् । उनि रिलीज हुने तयारीमा रहेको नेपाली चलचित्र द रियल हिरोको खलनायक हुन् । त्यस चलचित्रका नायक तिलक केसी भन्छन् –‘ काण्ठमाण्डौंमा हाम्रो फिल्म रिलीज हुँदा संगै हेरौंला है दाई भन्दै थिए , त्यस्तो मान्छेले कसरी आत्मा हत्या गर्न सके होलान् ? ’ उनका पिताको १६ वर्ष अघि मृत्यु भएको थियो । आमाले दोश्रो विवहा गरे पछि उनी विचल्लीमा बाँचेका थिए । तिन वर्ष विवहा गरेका उनको सन्तान भएका थिएनन् । श्रीमतिको यति वेला विचल्ली छ । विहान वेलुकाको गुजरा चलाउन समेत उनलाई कठिन छ । उनलाई त्यस चलचित्रमा रिठे दादाको भुमिकामा करिव आधा घण्टा देख्न सकिने छ । चलचित्र जेठको पहिलो हप्ता राजधानीमा रिलिज हुने तयारी गरिएको नयाक केसीले बताए । त्यस धागीथुममा एक दशक यताको आत्मा हत्याको संख्या दर्जन बढि पुगेको छ । ४५ दिन अघि उनैका छिमेकी गिरबहादरु थापा डिप्रेशनका काराण विहानै उठेर आत्यमा हत्या गररेका थिए । बैशाख ७ गते कै दिन मरभुङ्ग ९ का ४१ वर्षिय टिकाबहादुर बिकले घरमा आगो लगाएर आत्मा हत्या गरे, उनि पनि डिप्रेशनका विरामी थिए । यसै बैशाख ५ गते विहानै सिर्सेनी ८ का जिवलाल भट्टराईले पनि डिप्रेशनका कारण आत्मा हत्या गरे । बैशाख ८ गतेका दिन हर्दिनेटाकी १९ वर्षिया वर्षा वलालले वुटवलमा विष सेवन गरीन् र मुर्छित उनको उपचारको क्रममा मृत्यु भयो । बैशाख १० गते राती करिव १० वजे अर्जै ६ की २८ वर्षिया चेतना गौतमले झुण्डीएर आत्मा हत्या गरिन् । उनका श्रीमान वैदेशीक रोजगारमा थिए । बैशाख ११ गते राती करिव सवा ११ वजे पौदीअमराई ३ का बाबुराम बिकले आत्मा हत्या गरे । गए राती करिव २ वजे जोहाङ्ग ५ का ४५ वर्षिय मोहन थापाले विष सेवन गरेर आत्मा हत्या गरे । हिजै राती तम्घासका २५ वर्षिय १ युवा र हाडहाडेका १८ वर्षिय अर्का युवा पनि आत्मा हत्याको प्रयास गरे । तम्घासका ति युवालाई धेरै दिन देखि ज्वरो आएको थियो । उनले एकै चोटी ४० वटा टयाव्लेट खाएर आत्मा हत्याको प्रयास गरेको थिए । ति दुवै युवाहरुलाई तम्घासमा उपचार हुन नसकी पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसै साता नेटा गाविस वडा नम्वर ४ की सरस्वती बिकले श्रीमानको रात दिनको कुटाई सहन नसकेर आत्मा हत्याको प्रयास गरिन् । उनलाई स्थानिय महिला रुनमाया पुनले बचाएकी थिईन् । त्यस गाउँमा एक महिन अघि अर्की महिला पनि श्रीमानको कुटाई सहन नसकेर रुखमा झुण्डीन लागेको अवस्थामा उनै पुनले बचाएकी थिईन् । महिला मात्र होईन विद्यालयका विद्यार्थीहरु समेत शिक्षकको हिंसा र सजाएँ सहन नसकेर आत्मा हत्या गरेका छन् । फागुन ८ गते ईस्वरी उच्च माध्यामिक विद्यालय दरवार देविस्थान ७, कक्षा ८ का छात्र १५ वर्षिय मदन सुनार शिक्षकको सजाएँ र कुटाई सहन नसकेर घरमा आउन साथ झुण्डीएर आत्मा हत्या गरेका हुन् । दरवार देविस्थान ५ निवासी उनि त्यस दिन स्कुल जान साथ सहपाठी युवतीले आफुलाई जिस्काएको भन्दै शिक्षकलाई कुरा लगाएको र ति शिक्षकले उनलाई निश्कासन गर्ने धम्की र सवैका सामु घेरर कुटे पछि मदनले घर आई आत्मा हत्या गरेकोले त्यस्ता शिक्षकलाई कार्वाही हुनु पर्ने माग गर्दै आएका छन् उनका वावु हुमबहादुर टोमटाले । गएकै वर्ष वलेटक्सार ४ का ३९ वर्षिय शिक्षक निर्मल ज्ञवालीको पनि त्यस्तै आरोप सहन नसकेर ज्यान गयो । उनि श्री राष्ट्रिय उच्च माध्यामिक विद्यालय थानपति ७ का शिक्षक थिए । विज्ञान विषयमा अत्यन्तै दक्ष र समाजमा प्रतिष्ठीत ज्ञवालीले त्यस विद्यालय व्यवस्थापन समितिको अनियमित्ताको विरोध गर्दै आएका थिए । उनले फेशवुकमा समेत लेखेको भन्दै समितिका मान्छेहरुले उजुरी दिई उनलाई र उनको ल्यापटम लगायतका समाग्रीहरु प्रहरीमा पुराएका थिए । त्यसको केहि महिना नपुग्दै अर्थात पुस ८ गते दिउँसो उनि माथी गम्भीर प्रकृतिको आरोप आयो । त्यसै साँझ उनको रहस्यमय रुपमा मृत्यु भयो । साँझ पाँच वजेतिर फोनमा कुरा भएको थियो श्रीमाति लक्ष्मीसंग , घर आउछु भनेको बताईनछ । पछि विद्यालयकै प्राङ्गण भित्र राखिएको होटलमा रक्सी पिएको जस्ता भनाईहरु आएका छन् । जुन आरोपहरु शिक्षक निर्मल ज्ञवाली जस्ता ब्याक्ति माथी लगाईयो त्यो स्थानियवासीले पत्याउनै सक्दैनन् । गत वर्ष नै ईन्द्रेगौडाकी कल्पना खरेलको रहस्यमय रुपमा मृृत्यु भयो । यसरी कतै रहस्यमय रुपमा त कतै बढ्दो आत्मा हत्याका घटना प्रति अत्यन्तै चिन्तीत भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताए । भने–‘ हामी अत्यन्तै चिन्तीत छौं तर प्रहरीले मात्रै प्रायस गरेर हुँदैन यहाँका सवै संघ सस्था, नागरिक समाज र सञ्चार माध्यम मिलेर चनचेतनामा जुट्नु पर्ने वेला आएको छ , त्यसका लागि आग्राह गर्दछौं ’ घरेलु हिंसबाट आत्मा हत्या गर्न वाध्य महिलाका पिडकहरुलाई कार्वाही गर्ने कानुन नभएका कारण आत्मा हत्या गर्न बाध्य पार्नेहरुले प्रशय पाएको देखिएको छ । यस सम्वन्ध प्रहरी प्रमुख लम्साल भन्छन –‘कानुनी अधिकार नभएका कारण हामीले पिडकलाई दुख समेत दिन मिल्दैन् ।’ अधिकारकर्मीहरु मर्न बाध्य पार्ने पिडकलाई कार्वाही हुने कानुन नवनाए सम्म महिला आत्मा हत्याको संख्या अझ वढ्न सक्ने बताउछन् । आगमी संविधानमा यसको व्यवस्था हुनु पर्ने धेरैले जोड दिएका छन् ।
0 $type={blogger}:
Post a Comment