Sunday, April 27, 2014

१२ दिन पछि नयागाउँका नेपालीको शव फेला

प्रेम सुनार गुल्मी, बैशाख १४ ।
घरबाट हिडेका १२ दिन पछि गुल्मी नयाँगाउँ ८ का मानबहादुर नेपालीको शव घर देखि तल बारीमा क्षतविच्छेद अवस्थामा फेला परेको छ । अन्दाजी ४५ वर्षिय नेपाली बैशाख २ गते घरबाट हिडेका थिए । नयाँगाउँ प्रहरी चौकी प्रमुख असई द्रोणप्रसाद श्रेष्ठका अनुसार नेपालीको मुहार क्षद्विच्छेद चिन्नै नसक्ने अवस्थामा थियो । 
आन्द्रा समेत वाहिर निस्कीएको र तिग्राको मासु समेत स्यालले लुछे जस्तो अवस्थामा हिंजो साँझ नयाँगाउँ प्रहरी चौकीबाट हवल्दार केशरबहादु घर्ति मगरको् नेतृत्वमा पुगेको प्रहरीको टोलीले देखेको थियो । ‘ करिव ८ वजेतिर हामी त्यहाँ पुगेका थियौं हवल्दा घर्तिले भने –‘ आँखा थिएनन्, तिग्राको मासु पनि लुछिएको थियो , खै न लडेर मरेको भन्न सकिन्छ न त कसैले मारेको भन्न सकिन्छ । ’
घटना स्थल माथीबाट लड्ने भिर छैन् । ख¥यानको विचमा रहेको बाँझो पाटोमा शव फेला परेको छ । १२ दिन सम्म काग गिद्धहरु आए ,कराएको थाह पाउनु पर्ने अलि माथी रहेका घर परिवारले । यि र यस्ता कुराहरुले रहस्यमय बनेको छ नेपालीको मृत्यु । परिवारजनलाई उदृत गर्दै हवल्दार घर्ति मगरले भने ‘उनि घरबाट पहिल्लै देखि दुई चार दिन गाउँ तिरै डुल्ने भएकोले खोजी कम भएको रहेछ । ’
उनका अनुसार शव पोष्ट मार्टमका लागि अहिले विहान ८ वजेतिर जिल्ला अस्पताल तम्घासमा छाडेर नयागाउँ प्रहरीको टोली फर्किएको छ । नेपालीलाई कसैले मारेर फालेको हुन सक्ने आंशका स्थानियको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्साल संग सम्पर्क राख्दा आफुले थप बुझेर मात्र जानकारी दिने बताए ।

तस्बिर: गुगोल

0 $type={blogger}: