Tuesday, April 29, 2014

रुरु–रुद्रवेणीको विच साँघुरेमा वम वलास्ट

प्रेम सुनार गुल्मी, बैशाख १६ ।
नेपाली सेनाले रुरु रुद्रवेणी वामी टक्सार सडक खण्डको साँघुरेमा वम वलास्ट गरेको छ । सडक चौडा पार्ने कार्य गत वर्ष देखि सुरु भएको तर कडा चट्टान भएका कारण नेपाली सेनाले सरकारबाट जिम्मा पाए पछि सो काम एक समारोका विच २१ वटा वम वलास्ट गरेर सुरु गरिएको हो ।
५ करोड लागतमा झण्डै साढे दुई किलो मिटर कडा चट्टान फोरेर सडक चौडा पार्ने कार्यको गुल्मीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र नेपाली सेना हर्मीचौर पुर्तिघाट सडक निर्माण कार्यदलका कमाण्डर प्रमुख सेनानी रेश्मीराज भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त सडक नेपाली सेनाले ४ महिना लाग्ने बताए पनि अत्यन्तै व्यस्त सडक भएका कारण स्थानिय राजनैतिक दलका नेताहरु र प्रमुख जिल्ला अधिकारी ढकाल लगायतले जति सक्दो छिटो सम्पन्न गरी दिन आग्राह गरेका छन् । त्यसलाई ध्यानकृष्ट गर्दै नेपाली सेनाले आजै देखि समय तालिका मिलाएर निश्चित समयमा सडक सुरुचारु गर्दै काम गर्न थालेको छ ।
सेनाले बनाएको तालिका अनुसार रुरु रुद्रवेणी सडक खण्डमा विहान ११ वजे देखि दिउँसो १ वजे सम्म र साँझ ७ वजे देखि ९ वजे सम्म यातयात आवत जावत गर्न पाउने भएका छन् । तर जेठ १ गते देखि भने उक्त सडक पुर्ण रुपममा बन्द गरी काम अगाडी बढाउन कार्यदल सहमत भएको छ ।
वैकल्पीक मार्गका रुपममा गौडाकोट जुभुङ्ग मजुवा सडक खण्ड र रातामाटा ग्वादी रिमुवा रुद्रवेणी सडक खण्ड तत्काल मर्मत गर्ने र उता स्याङ्गजाको मिर्मी, गुल्मीको हर्मीचौर रुद्रवेणी सडकलाई पनि मर्मतका लागि अवस्यक पहल गर्ने बताईएको छ ।





0 $type={blogger}: