Tuesday, April 1, 2014

सोमपाललाई गृहजिल्लामा सम्मान

अनिल खत्री, गुल्मी चैत्र १८ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर सोमपाल कामीलाई गृहजिल्ला गुल्मीमामा सम्मान गरिएको छ । बङ्गलादेशमा जारी ट्वान्टी–२० विश्वकप क्रिकेटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कामीलाई मंगलबार दिउँसो सदरमुकाम तम्घासमा बाजागाजा सहित सम्मान गरिएको छ । तुराङ–८ स्थाथी घर भएका कामीलाई अबिरजात्रा सहित सदरमुकाम तम्घासमा नगर परिक्रमा पनि गराईएको थियो ।
दलित साझा मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा दलित साझामञ्च, नेपाल क्रिकेट एसोसियसन (क्यान)गुल्मी , उद्योग बाणिज्यसंघ, दलित उत्थान बिकास समन्वय समिति, जिल्ला खेलकुद बिकास समिति लगायतका संघसंस्थाले उनलाई सम्मान गरेका हुन् । आफ्ना अंकल र बहिनी सहित सम्मान कार्यक्रममा उपस्थित भएका कामीलाई सर्बसाधारण, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, उनका फ्यान लगायतले अबिर लगाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै सम्पुर्ण दलित समुदायको समेत गौरव बढाउने काम गरेको कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले बताएका थिए । साथै उनीहरुले नेपाललाई क्रिकेटमा बिश्व सामु चिनाउनका लागि खेलाडीहरुलाई उचित सम्मान को ब्यवस्था गर्नुपर्नेमा समेत जोड दिएका थिए । त्यस्तै उनीहरुले क्रिकेट खेल मैदानको समेत निमार्ण गर्नुपर्ने बताएका थिए । सम्मान ः गृह जिल्ला गुल्मीमा सम्मानको क्रममा नेपाली राष्ट्रिय क्रिकेकट टोलीका सदस्य सोमपाल कामी । तस्बिर ः अनिल खत्री
unnamedunnamed (1) 

0 $type={blogger}: