प्रेम सुनार
गुल्मी , चैत्र १८ । हालै वङ्गलादेशमा सम्पन्न आईसीसी टि–ट्वान्टी विश्वकप खेलमा प्रप्त नेपालको सफलताको खुशीयाली लिएर गृह जिल्ला गुल्मीमा आएका नेपालका फास्ट वलर सोमपाल कामीलाई आज गुल्मीको सदरमुकाम तम्घासमा नगर परिक्रममा गराईदैछ ।
दलित साझा मञ्च गुल्मीको आयोजना र क्रिकेट एशोसियशन नेपाल, गुल्मीको संयोजनमा सोमपालाई नगर परिक्रममा गराई अव केहि वेर पछि तम्घासको वाल मन्दिर प्राङ्गणमा भव्य समारा्ेहका विच सम्मान तथा अभिनन्दन गरिदैछ । आईसीसी टि–ट्वान्टी विश्वकपमा सोमपालले उत्कृष्ट खेल प्रदर्शन गरेर नेपालीहरु त्यसमा पनि गुल्मीको शिर उचो पारेको भन्दै सम्मान गर्न लागिएको आयोजकले बताएका छन् ।
वाजा–गाजा सहित सोमपाललाई वजार परिक्रममा गराई रहँदा उनलाई अंगालो मार्ने, अटो ग्राफ लिने युवा युवतीहरुको भिड सम्हाल्न सुरुक्षकर्मीहरुलाई हम्मेहम्मे परेको थियो । उनि काका धनबहादुर , वहिनी जमुनाका साथमा नगर परिक्रममा गरी रहेका छन् । उनलाई प्राय प्रत्येक घर अगाडी पर्खेर वसेका गुुल्मेलीहरुले पुष्पा गुच्छा , खादा र अविरले स्वागत–सम्मान गरी रहेका छन् । अव केहि वेर पछि सिङ्गो गुल्मीवासीको तर्फबाट प्रमुख जिल्ला अधिकारीले स्वागत र सम्मान गर्ने बताईएको छ । उनि भोली विहान आफ्नो घर तुराङ्ग ८ को मजुवा पुलकामुखमा आयोजना गरिएको सम्मान कार्यक्रममा सहभागि हुन जाँदैछन् । तस्वीर -प्रेम सुनार

0 $type={blogger}:
Post a Comment