Sunday, March 9, 2014

पहिलो पटक ठुलो पर्दाको चलचित्र द रियल हिरो गुल्मीबाट छायाँङ्कन

प्रेम सुनारunnamed
गुल्मी, फागुन  २३ ।  निर्माता , नायक देखि अधिकांश  कलकार गुल्मेलीहरु रहेको ठुलो पर्दाको नेपाली चलचित्र द रियल हिरो पहिलो पटक गुल्मीमा छायाँङ्कन भई रहेका छ ।
आकार फिल्म प्रा.लिको ब्यानरमा  बुटवलका कृष्णश्री काफ्ले र गुल्मी नयाँगाउका भुवन मल्लले उक्त चलचित्र निर्माण गर्न लागेका हुन्  । सदरमुकाम तम्घास, पवित्र धार्मिक क्षेत्र रेसुङ्गा, सिमाहघाट , गुल्मीको ऐतिहाँसिक थाले चारपाला, छल्दी पनाह लगायत झण्डै ९० प्रतिशत छायाँङ्कन गुल्मीमा गरिने र बाँकी काठमाण्डौमा गरिने निर्देशक गिरिष रिजालले जानकारी दिए ।
यस चलचित्रमा गुल्मी हस्तीचौर लाँकुरधार घर भई तम्घासमा व्यवसाय गर्ने युवा तिलक केसी पहिलो पटक नायकको भुमिकमा पर्धामा दखिने छन् भने करिव ५० वटा म्युजिक भिडियो र निर्माणधिन ठुलो पर्धाको चलचित्र आर्टिसमा समेत खेली सकेकी अप्सना थापा नायिकाको भुमिकमा रहेकी छन् ।
एउटा सडक मजदुरले फिल्मको हिरो बन्ने सपना बोकेको र त्यो सपना पुरा गर्न उसले कति संर्घष गर्नु पर्छ भन्ने कुरा नै यस फिल्मको मुख्य कथा वस्तु रहेको निर्माता कृष्णश्रीले बताए । निर्माणधिन यस चलचित्र तव एकाएक चर्चामा आयो जव एउटा नयाँ हिरो तिलकले निखील  उप्रेतीले जस्तै डर लाग्दो स्टन सिन दिए ।
निर्देशकले समेत पत्याउन नसकेको त्यो स्टन सिन नायक तिलकले छल्दी पनाहको पुलको करिव ७० फिट माथीबाट हाम्फाले पछि यसरी यो चलचित्र चर्चामा आएको हो । कुनै घाउचोट नभई सफल स्टन सिन दिएका नायक केसी चलचित्रको फाईटमा समेत निकै जमेको निर्देशक रिजाल बताउँ छन् ।
भारतको मुम्वईबाट हालै निर्देशन कला सिकेर आएका २३ वर्षिय रिजाल यो चलचित्र हिट हुने विश्वास राख्छन् । ‘निर्देशकका रुपमा ठुलो पर्धामा नयाँ हुँ’ उनले भने ‘ तर यस चलचित्रको कथा वस्तु राम्रो भएकोले हिट हुन्छ भन्ने विश्वास लिएको छु ।’
नायिका अप्सना पनि यो चलचित्रले आफु र नायक तिलकलाई फिल्मी क्षेत्रमा स्थापित गर्ने अपेक्षा राखेकी छन् । ‘म स्याङ्घजाकी हुँ‘ अप्शनाले भनिन् गुल्मीमा सुटिङ्घमा रम्न पाउँदा साह्रै मज्जा लागेको छ ।’ उनले नायिकाहरु नाङ्घिएर होईन कथा वस्तुलाई जिवन्त पार्ने अभिनयबाट चर्चामा आउनु पर्ने र त्यसैमा आफु लागि पर्ने बताईन् ।
तिलक एउटा सडक मजदुर हुन्छन र अप्सनाका पिता निर्माता रहन्छन्, त्यहाँबाट चलचित्र सुरु हुन्छ । मध्यान सम्म कमेडी अनि त्यस पछि चलचिलले दुखान्त मोड लिन्छ र दर्शकलाई आँशु थाम्न गारो हुने बनाउँछ ’ अर्का निर्माता भुवन मल्लले भने ।  द रियल हिरोमा सह–नायकका रुपमा बाग्लुङ् वुर्तिवाङका कमल खनाल र सह – नायिकाका रुपमा गुल्मी हर्दिनेटाकी सुष्मा सुनारले ब्रेक पाएकी छन् ।
झण्डै ५० लाख लगानीमा निर्माण हुन लागेको द रियल हिरोले तिलक केसीलाई मात्र रियल हिरो नवनाई यसका निर्माता, निर्देशक र अन्य कलाकारलाई पनि हिरो बनाउने अप्रेक्षा टिमले गरेको छ । यस चलचित्रमा महानायक राजेश हमाल र चर्चित नायिका रेखा थापालाई समेत देख्न सकिने नायक तिलक बताउँ छन् ।
‘उहाँहरुको सहयोगले पनि मैले यो पहिलो चलचित्रबाटै नेपाली सिने नगरीमा स्थापित हुने अवसर पाउँछु कि भन्ने आँट गरेको छु ।   केसीले भने ‘हेरौं कत्तिको सफल भईन्छ ।
यो चलचित्र वैशाख १ गते अधिराज्यभर प्रर्दशन गर्ने गरी सुटिङ्घ तिब्र पारिएको निर्माता भुवनले बताए । एकसेएक वोल्ड पोज दिन सक्ने नायिका अप्शनाको शौन्दर्य , तिलकको अकर्षक जिउ डाल र अभिनयले दर्शकलाई निकै आकर्षित गर्ने देखिएको छ ।
तस्वीरः
फिल्ममा चाँही नाङ्घिन्न तपाईले भन्नु हुन्छ भने फोटो चाँही खिच्न दिउँलाः सुटिङ्घ स्थल तम्घासको लाँकुरी मञ्च पछाडी एकान्तमा सहकर्मी प्रेम सुनारले जसो भन्यो त्यसरी नै फोटो खिच्न दिदै  नायिका अप्शना थापा,  नायक तिलक  केसी र वहिनीको भुमिकमा सुष्मा सुनार
hh
op
rrr
unnamed

0 $type={blogger}: