लुम्बिनी कोचिङ्गसेन्टर तम्घास गुल्मीले आज एक कार्याक्रमका विच एस.एल.सी. एकजाम्टेड विद्यार्थीहरुलाई बिदाई कार्याक्रम संम्पन गरेको छ ।
बिदाई कार्याक्रममा बोल्दै प्रमुख अतिथी रेडियो रेसुङ्गा का कार्यकारी निर्देशक जर्नादन घिमिरेले अवको शिक्षा परिक्षामुखि नभएरर व्यवहारिक हुनुपर्नेमा जोड दिदै आफ्नो सिकाई व्यावहारमा उर्तानुपर्ने बताउनुभयो । साथै २०७० सालको प्रवेशिका परिक्षामा सहभागी हुने सम्पुर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना दिदै आगामि दिनमा उज्वल भविस्यको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष अनिल खत्रीले अनुसासित बिद्यार्थीले नै सफलता हासिल गर्न सक्ने भन्दै अनुशासित रुपमा बिद्यार्थी जिवन ब्यतित गर्नु बताउनु भएको थियो ।
कार्यक्रममा यस वर्ष ७५ प्रतिशत अङ्ग ल्याउने दिपेस घर्ति मगरलाई लुम्बिनी अवार्डबाट सम्मान गरिनुका साथै सेक्सन “बि” प्रथम हुने सिता चन,सेक्सन “सि” प्रथम हुने लक्ष्मी घिमिरे त्यसैगरि उत्कृष्ट अनुशासन पुरस्कार छात्र तर्फ देबिन्द्र कार्की, छात्रा तर्फ सरिता जिसी , गरिव दलित तथा अपाङ्ग तर्फ खिम बहादुर बिक लाई मायाको चिनो द्धारा सम्मान गरिएको थियो । कार्यक्रममा लुम्बिनी कोचिङ्ग सेन्टर तम्घासका नेपाली शिक्षक जगत बस्नेत,अग्रेजी शिक्षक कुल प्रसाद भट्टराई, गणित शिक्षक यमलाल पाण्डेय,शिक्षकहरु युवराज पाण्डेय,वलराम पाण्डेय,बिद्यार्थी नेता राजेन्द्र बिक्रम कुवँर,दिपकराज कुवँर लगायतले आउदै गरेको एस एल सी परिक्षाको शुभकामना दिदै अध्ययन अध्यापन र परिक्षा बिधी बारे प्रकास पार्नु भएको थियो । त्यस्तै बिदाई कार्यक्रममा बिद्यार्थीको तर्फबाट बोल्दै बिद्यार्थी लक्ष्मी घिमिरेले शिक्षकले दिएको आर्दशलाई आत्मासाथ गरे सफलता हात लाग्ने बताउनु भएको थियो । कार्यक्रम लुम्बिनी कोचिङ्ग सेन्टरका ब्यावस्थापक काशिराम पाण्डेयको सभापतित्व रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जर्नादन घिमिरेको प्रमुख आथित्यातामा सम्पन्न कार्यक्रमा शिक्षक पदम थापाको संञ्चालन र शिक्षिका मनिषा पाण्डेयको स्वागत मनतब्यमा सम्पन्न भएको थियो ।
0 $type={blogger}:
Post a Comment