प्रेम सुनार गुल्मी ११ माघ ।
ब्यस्त सडक छेवैंमा एउटा सानो खरले छाएको बुकुरो छ । त्यसको दलानमा एउटा बाँसले बारेको खोर छ । सडकका पैदल यात्रीहरु त्यसमा पक्कै बाख्रा पालिएको छ वा कुखरा भन्ने लख काट्छन् र आफ्नो बाटो लाग्छन तर त्यसमा कुनै बाख्रा वा कुखुरा र अन्य पशु होईन बल्की पशु जस्तै गरी मान्छे थुनिएको छ ।
त्यसरी ब्राह वर्ष देखि थुनिएका मान्छे हुन् गुल्मीको दुविचौर ९ उर्लेनी छापागाउँका १६ वर्षिय रनबहादुर थापा । जो जन्म जात लठेब्रा हुन् । उनि जन्मेको ६ वर्ष पछि बाबुको मृत्यु भयो । अरु तिन भाई र एक दिदीहरु पनि सानै थिए । बाबुको मृत्यु पश्चात उनकी आमाले छोराको उपचार गर्नु त परै जाओस छोराछोरीलाई विहान बेल्ुका हात मुख जोडाउन समेत मुस्कील पर्दै गयो । अन्ततः उनले उपचार पाउन सकेनन् । सामन्य लठेब्रा उनि क्रमशः थप लठेब्रा हुँदै गए ।
उनकी आमा मोतीकला भन्छिन्–‘ बेलैमा अस्पताल लैजान पाएको भए यस्तो हुन्नथ्यो , के गरुँ उहाँ वितेपछि म अकलगुम परे । ’ खोर भित्र ठ्याक्कै्र बाख्रालाई जस्तो गरी थोथ्रो र फोहोरो बोरा आछाईएको छ । त्यसैमा दिन रात काट्छन् उनि । ‘छोडी दियो भने माथी बाटामा जान्छ र गाडी पछि पछि दौडिन्छ त्यसैले अहिले त्यस्तै १२ वर्ष देखि खोर बारेर थुनेर राखेकी हुम् ( हुँ ) । ’ उनकी आमा मोतीकलाले भनिन् । उनि बोल्न सक्दैनन् । मुख भरी ¥याल निस्कीन्छ । गोडाहरु पेङ्गुला छन् । शरिर भरी महेलको कटकटी छ । यो चिसो मौसममा शरिरका कपडाहरु पातलो र महेलको भारी छ ।
दुविचौरका युवा समाज सेवी गिरीसिंह महाकिम भन्छन्–‘बाल्यपनमा हामीले देख्दा त मान्छे ठाँठै थिए तर जव उनले उपचार पाउन सकेनन् तव उनको यो विचल्ली भएको हो । ’ स्थानिय अर्का शिक्षक तारा बस्नेत उनि र उनको परिवारको त्यो विचल्ली देख्दा मुटु नै भक्कानिएर आउने बताउ छन् । भन्छन्–‘ यिनीहरुको यो विचल्ली देख्दा मुटु भक्कीनिन्छ तर के गर्ने हामीले पैसो दिएर उपचार गराउन सक्दैनौं , उनकी आमाको उपती छैन् सरकारले हेर्दैन् ।’
आमा मोतीकला ७० को नेटो काटिन् र पनि निमेक मजदुरीले छाडेको छैन् । अरु सग्ला छोराहरु हुर्के, जागिरे पनि भा’का छन् तर उनिहरु आ–आफ्ना स्वास्नी छोरी छोरी छोडेर छुट्टिए’– उनले भनिन्–‘ म बुढीलाई दुखले छोडेन्, भएन भनेर यो छोराको भार । ’ स्थानियवासी भन्छन् उनले उपचार पाउन वा कुनै संरक्षण दिने संस्था भई दिए ति उनकी बुढी आमाको आत्माले अशिष दिने थियो ।
तस्वीरः न झुक्कीनुस म बाख्रो होईन मान्छे नै हो ः सायद कहिले काँही यसै भन्छ होला बाँसको खोरमा उनै रनबहादुर थापाको मनले

0 $type={blogger}:
Post a Comment