Tuesday, January 28, 2014

३३ वर्षिय एक यूवाको दुवै मृगौला फेल भएपछि परीवार विचल्लीमा


गुल्मी । ३३ वर्षिय एक यूवाको दुवै मृगौला फेल भएपछि परीवार विचल्लीमा परेको छ । गुल्मीको धुर्केाट् रजस्थल २ रातामाटा  स्थाई घर भई बुटवल भैरहवा क्षेत्रमा सडक क्षेत्रमा घडि विक्री गरेर जीवन निर्वाह गर्दे आउनुभएका ३३ वर्षिय रोमलाल भण्डारीको दुवै मृगौला फेल भएपछि विचल्ली भएको हो ।
गत साउन २६ गते पिशावको समस्या देखिएपछि उपचारको क्रममा दुवै मृगौला फेल भएको थाहा पाएको उहाँले बताउनुभयो । बुटवल १३, मजुवामा बस्दै आउनुभएका उहाँले  ८ वर्षकी छोरी र ४ वर्षको छोरा गरी २ सन्तानलाई पढाउने, बुबा आमा, श्रीमति र भाईहरु गरी १४ जनाको खर्च एक्लैले जुटाउँदै आउनुभएको थियो । ‘अहिले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डाईलाईसिस गराईरहेको छु – उहाँले भन्नुभयो – म विरामी भएदेखि मेरो उपचारका लागि कुनै आर्थिक श्रोत त कहाँ हो, मेरो ब्यापारको भरमा जीवन निर्वाह गरेका सबै परीवारलाई विहान बेलुका छाक टार्न समेत समस्या भैरहेको छ । ’
भक्तपुर स्थित मानवअंग प्रत्यारोपण केन्द्रले  दिएको जानकारी अनुसार अस्पत्तालको खर्च मात्रै हरेक महिना २० देखि ३० हजार सम्म लाग्छ । ‘यदि आफ्नो घरपरीवारको मृगौला प्रत्यारोपण गर्न मिल्ने भएमा नेपालमा मृगौला प्रत्यारोपण हुन सक्ने र त्यसका लागि मात्रै ४ लाख भन्दा बढी लाग्ने अस्पत्तालले जनाएको छ ।’ – उहाँका भाई महेन्द्र भण्डारीले बताउनुभयो– ‘ यदी नेपालमा संभव नहुने भएमा भारतमा प्रत्यारोपण गर्नुपरे करीव १५ लाख आवस्यक पर्ने र त्यसबाहेक प्रत्यारोपण पछि पनि मासिक १५ हजार रुपैयाँ बराबरको औषधि जीवनभरी खानुपर्छ भनेको छ । ’ अस्पत्तालको उक्त खर्च बाहेक उपचारका लागि जाने आउने र बस्ने खाने खर्च छुट्टै लाग्छ । अहिले काठमाण्डौमा ऋण खोजेर बसीरहेको उहाँले बताउनुभयो ।
तर अहिले आर्थिक श्रोत नभएपछि उहाँले सहयोगको लागि याचना गर्नुभएको छ । ‘    म बाँच्नु मेरो जागि मात्रै भएन  मेरो आम्दानीमा आश्रित परीवारलाई बचाउनको लागि मृगौला प्रत्यारोपण गर्न सहयोग गरीदिनुहुन अनुरोध गर्दछु ।’ – उहाँले सहयोगको अपिल गर्दै भन्नुभयो ।
सहयोग गर्नेहरुका लागि उहाँले सिद्धार्थ डेभलपमेण्ड बैंक, बुटवल शाखाको मेरो खाता नम्बर ००७०००००१७१ (डि) मा रकम उपलब्ध गराईदिनुहुन वा ९८४७१२४०३४ मा सम्पर्क गर्नुहुन उहाँका भाई महेन्द्र भण्डारीले अनुरोध गनुभयो ।
oo hh unnamedसहयोगको लागि अनुरोध
नमस्कार । मेरो नाम रोमलाल भण्डारी हो । म ३३ वर्षको भएँ । गुल्मी जिल्ला धुर्कोट रजस्थल २ रातामाटा स्थाई घर भई बुटवल १३, मजुवा, रुपन्देही बस्दै आएको छु ।
बुटवल भैरहवा क्षेत्रमा सडक क्षेत्रमा घडि विक्री गरी ८ वर्षकी छोरी र ४ वर्षको छोरा गरी २ सन्तानलाई पढाउने, बुबा आमा, श्रीमति र भाईहरुको जीविकोपार्जन गर्दै आएको थिएँ । यसै क्रममा गत साउन २६ गते चेकजाँच गराउने क्रममा अचानक मेरा दुबै मृगौला फेल भएको रीपोर्ट आएपछि म काम छोडेर उपचारमा लागेको छु । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डाईलाईसिस गराईरहेको छु । म विरामी भएदेखि मेरो ब्यापारको भरमा जीवन निर्वाह गरेका सबै परीवारलाई विहान बेलुका छाक टार्न समेत समस्या भैरहेको समयमा म संग मेरो उपचारका लागि कुनै आर्थिक श्रोत छैन ।
डक्टरले भनेअनुसार अस्पत्तालको खर्च मात्रै हरेक महिना ३० देखि ४० हजार सम्म लाग्छ । यदि नेपालमा मृगौला प्रत्यारोपण संभव भएमा प्रत्यारोपणका लागि मात्रै ४ लाख भन्दा बढी र भारतमा गर्नुपरे ८ लाख भारु आवस्यक पर्छ । त्यसबाहेक प्रत्यारोपण पछि पनि मासिक १५ हजार रुपैयाँ बराबरको औषधि जीवनभरी खानुपर्ने डाक्टरको सल्लाह छ ।
त्यसैले मेरो जीवन रक्षा गरी मेरो आम्दानीमा आश्रित परीवारलाई बचाउनको लागि मृगौला प्रत्यारोपण गर्न सहयोग गरीदिनुहुन अनुरोध गर्दछु ।  सहयोग गर्न चाहनुहुने महानुभावले सिद्धार्थ डेभलपमेण्ड बैंक, बुटवल शाखाको मेरो खाता नम्बर ००७०००००१७१ (डि) मा रकम उपलब्ध गराईदिनुहुन वा ९८४७१२४०३४ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।
रोमलाल भण्डारी

0 $type={blogger}: