Saturday, January 4, 2014

सुन्तलाबाटै वार्षिक पाँच लाख कमाउने लक्ष्य

प्रेम सुनारnir
गुल्मी १९ पुस । आज भन्दा २५ वर्ष अघि सम्म मात–पिताले मकै खेती गरेर खाना नपुग्ने उनको वारीमा अहिले वार्षिक तिन लाख भन्दा बढि सुन्तलाबाट आम्दानी हुन्छ । २९ वर्षिय युवाको त्यो पौरख देखेपछि छिमेकी बृद्ध पदम पाण्डे लगाएतका बुढापाकाहरु पनि मकै छर्ने वारीहरुमा सुन्तला रोपेर उनको जस्तै कमाई पखी रहेका छन् । उनि अर्थात गुल्मीको अर्खले– ९, भाडगाउँका युवा निरज मरासीनी । जसले गरेको पौरख देख्ने जो कोही युवा विदेश जाने सोच बनाएका छन् भने त्यो सोच त्यागेर उनले जस्तै घर मैं केहि गरेर देखाउनु पर्छ भन्ने कुरामा अवस्य प्रेरित हुने छन् ।
२५ वर्ष अघिसम्म उनका पिता स्वर्गिय कुश्माखर मरासीनीले ढिक–काल्नाहरुमा सुन्तला हुर्काएर नुनु तेलको बाटो गर्दथे । जव त्यो मकैबारीमा सुन्तला रोप्न थालियो त्यस पछिका दिनहरुमा निरजका परिवारको दिन फेरीन थाल्यो । अहिले निरजको त्यो सुन्तलाबारी धेरै पुरानो भयो र आम्दानी घट्दै जान थाल्यो , त्यसबाट जम्मा वार्षिक एक लाख मात्रैको सुन्तला बेच्छन् उनले । तर त्यसको तेब्बर आम्दानी निरजले सुन्तलाको नर्सरीबाट लिने गरेका छन् । ‘पिता पुर्खाले गर्ने कोदो मकै खतीको सट्टा सुन्तला खेतीले चौगुना आम्दानी दियो ’–निरजले भने–‘ यहि सुन्तला खेतीबाट पाँच भाई र सात दिदी वहिनीहरु आज ईन्जिनियर देखि विभिन्न विषयमा उच्च शिक्षा हाँसिल गर्ने भएका हौं ।
nirhयस वर्ष उनले त्यो नर्सरीबाट १५ हजार बेर्ना बेचेर ३ लाख रुपैयाँ कमाए । त्याति मात्र होईन उनले पलाष्टिक टनेलमा टमाटर खेती पनि गरेका छन् । उनले ति सवैबाट यस वर्ष चार लाख करिव कमाएको बताउँदै भने वार्षिक पाँच लाख कमाउने लक्ष्य छ । मान्छेहरु वार्षिक डेढ दुई लाख कमाउनका लागि डेढ दुई लाख ऋण काढेर विदेश जान्छन् तपाईले त घरै बसेर त्यो भन्दा बढि कमाउनु भयो, विदेश जान पर्ने रहेन छ हैन र ? यो प्रश्ना निरजले भने –‘जानै पर्दैन , यस्तो ब्यवसाय गरियो भने वार्षिक पाँच लाख मात्र होईन दश लाख सम्म कमाउन सकिन्छ । ’
उनि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थीसंघका जिल्ला उपाध्यक्ष हुन् । युवा पिढीलाई गाउँमै केहि गरेर देखाउनु पर्छ भन्ने उद्देश्यका साथ यस्तो ब्यवसायमा लागेको बताउने उनले तम्घासमा होटल ब्यबसाय समेत गरेका छन् । धेरै जसो राजनितिमा समय दिने उनले कसरी समय दिन सक्छन् त घरमा ? उनले भने–‘ विहान, साँझ र रातीमा नसुतेर सवै ब्यवस्था गर्छु र कामदारहरुको साहरा लिन्छु , दुईचार जनाले रोजगार समेत पाएका छन् । ’
उनले कुल १४ रोपनी वारीमा उक्त खेती गरेका छन् । उनको त्यो पौरख नियाल्दा गायिका विमाकुमारी दुराको यो गित झर्लकक सम्झना आउँछ– ‘किन जान्छौं साईलो दाई हङ्गकङ्ग र मलाय , सुन फल्छन नि साईलो दाई यहि कुटो चलाए सुन्तलाबाटै वार्षिक पाँच लाख कमाउने लक्ष्य
तस्वीरः पौरखी निरज मरासीनी र उनको बारीमा फलेका पहेंलपुर सुन्तला र टमाटर खेती  सुन्तलाबाटै वार्षिक पाँच लाख कमाउने लक्ष्य
vvvv
ffff

0 $type={blogger}: