Thursday, January 2, 2014

आफै धामी आफै वोक्सी जस्तो कार्यक्रम

प्रेम सुनारll गुल्मी १८ पुस ।
कार्यक्रमको मञ्च पछाडी भित्तामा अकार्षक ब्यानर, ठुला अक्षरमा लेखिएको थियो– ‘ सेवाग्राही तथा सेवाप्रदायी, सरकारी एवं संघ सस्था विच सार्वाजानिक सुनुवाई कार्यक्रम , आयोजक जिल्ला प्रशासन कार्यालय गुल्मी, मिति २०७०÷ ९÷ १८  । ’ स्थान थियो तम्घासको वालमन्दिर सभाहल । अवस्था यस्तो थियो कि अन्य विषयमा भन्दा पनि त्यसै सार्वाजानिक कार्यक्रम कै विषयमा सार्वाजानिक सुनुवाई गर्नु पर्ने हो कि जस्तो ।
११ वजे सुरु गर्ने भनिएको कार्यक्रम १२ वजे सम्म पनि सुरु हुन सकेको थिएन् । अरु कुरा छौडौ, अरुको कमजोरी औंलाउने पत्रकार महोदयहरुले समेत समयको पालना गर्न सक्नु भएको थिएन् । बल्ल बल्ल दुईचार जना सेवाग्राही जस्ता देखिने पछाडी आएर बसेको देखिपछि सहायक सिडियो विष्णु घर्तिले सिडियो कमलराज ढकाललाई अध्यक्षता आशन ग्रहण गराउँदै कार्यक्रम सञ्चान गर्न थाले । कार्यक्रम  सुरु भए पछि भित्र पस्दा अगाडी देखि पछाडी सम्म प्रत्येकका टाउका गन्दा पनि सर्व साधरण सेवाग्राही भेटाउन सकिएन् । त्यही दृश्य देखेर एक जना पत्रकार मित्रले खाने खुशी गर्दै भन्दै थिए–‘यो त आफै धामी आफै बोक्सी भने झैं भयो , हैन र ? ’
oooतम्घासका केहि अगुवा समाज सेवी ,केहि राजनैतिक दलका प्रतिनिधी, सामाजिक संघसंस्थाका नाममा जनादुई सामाजिक संघ संस्थाका प्रतिनिधी र तिनचार जना पत्रकारहरु बाहेक त्यहाँ पुरै निलाकोटमा सजिएका कर्मचारीहरु देखियो । सार्वजानिक सुनुवाई कार्यक्रम के का लागि ? सेवाग्राहीको गुनासाहरु सुन्नुका लागि । तर , सेवाग्राही नै छैनन् र सेवाप्रदायीहरु मात्रै छन् भने त्यसलाई के भन्ने ? सायद जो कोहीले भन्लान केवल झारा टराईका लागि ।
जे देखियो त्यही लेख्नु पर्दा त्यस्तै भन्न सकिने अवस्था थियो आज विहिवार जिल्ला प्रशासन कार्यालय गुल्मीले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रम पनि । जहाँ सुरु मैं तम्घासका पुर्व प्रधानपञ्च विष्णुप्रसाद पन्थी उठेर  कड्किदै भने–‘तम्घासको हाडवजार लाईन र चिदीचौरतिरका सडक पेटीहरुमा नाङ्गेल पसले  र सुन्तला  बेचेर बस्नेहरुले सडकमा आवत जावतमा कठिनाई सिर्जना गरे त्यो रोक्नु प¥यो । ’ उनको त्यो कुरा सुन्दा यस समाचार दाताको पारो तात्यो , अन्ततः प्रशासनले जवाफ नदिनु पुर्व नै भन्यो–‘यहाँ पक्की घर हुनेहरुले सडकलाई पसल गराउँदा ध्यान नजाने  विचरा ति दिनभरी सडकमा सय–डेढ सय कमाएर साँझ विहानको गुजार चलाउनेहरुप्रति उहाँलाई त्योत्रो चासो उठ्यो ?’
यस्तै यस्तै कुराहरु रन्कीदै जाँदा पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, पत्रकार भरत पाण्डे, गगनशिला खड्का र गणेश सारुले भने केहि छिन सभाहल रन्काए । सायदppp ति पत्रकारहरु थिएनन् भने कर्माचारहरु बस्ने, केहि छिन आ–आफ्ना कार्यालयमा भए गरेका कामहरुको बढाई चढाई गर्ने र चिया बिस्कुट खाने जाने शिवाय अरु हुने थिएन भन्ने प्रष्ट देखिन्थ्यो । त्यहाँ तम्घासको धागीथुमका एकजना बृद्ध कताबाट थाह पाए छन् र विद्युत कार्यालय पिडित उनि जर्कीदै पुगे ।
उनको घर नजिकै विद्युतको पोल गाडेको पाँच वर्ष भयो । तार टाँगिदैन् । त्यो कसको हो र के का लागि गडिएको हो ? कसैलाई थाह छैन् । त्यही वेवरिस पोलका बारेमा उनि प्राधिकरण गुल्मीका प्रमुखसंग निकै चड्किए । त्यस्तै क्याम्स रोडका अर्का बृद्ध पशु सेवा कार्यालय पिडित रहेछन् । उनि पनि नराम्रो सित चड्किए । सदरमुकाम बाहिरका सेवाग्राहीका नाममा धन्न बिधुत कार्यालयमा जाने कामले आएका खर्जयाङ्गका दुईचार जना अगुवाहरु लुत्त छिेरको हुनाले  सर्वसाधरण थिए भन्नलाई भयो ।
उनिहरु पनि छिर्ने थिएनन् विद्युतका हाकिम त्यही छन् भन्ने थाह पाएर छिरेको बताए । उनिहरु विद्युत प्राधिकरण र टेलिकम शाखा पिडित रहेछन्  । त्यसैले उनिहरु ति दुई कार्यालयका हाकीमसंग मज्जाले रिस पोख्ने मौका पाए । जे जती सर्व साधरण थिए वा न्यायका पक्षधर अगुवाहरु थिए प्रया सवै प्राधिकरण, जिविसकै काम कार्वाही तर्फै केन्द्रित थिए ।  सरकारी निकायहरु प्रति सर्वसाधरणका प्रसस्तै गुनासाहरु छन् । कहाँ कहिले मौका पाईएला र सरकारी कार्यालयहरुप्रति गुनासो पोखौंला भनेर उकुस मुकुस छन् तर यसपाली मात्रै होईन् हरेक वर्ष हुने सार्वाजाकि सुनुवाई कार्यक्रमहरु कहाँ कहिले हुन्छ भन्ने कुरा उनिहरुले थाहै पाउन सक्दैनन् ।
सदरमुकाम कै सर्व साधरण र पिडितहरुले थाह पाउँदैनन् भने गाउँवासीले त थाह पाउने कुरै भएन् । यहाँ सम्म की कतिपय राजनैतिक दललाई समेत थाह नदिएको बताईन्छ । एकिकृत नेकपा माओवादीको प्रतिनिधी त्यहाँ थिएनन् । किन सहभागि हुनु भएन त ?भन्ने प्रश्नमा जिल्ला संयोजक सुर्दशन बराल भन्छन् हामीलाई बोलाउँदै बोलाईएन त कसरी आउने ? पत्र त सवै दललाई प्रशासनले काटेको देखियो जवकी अन्य दलका आउँदा  सो पार्टीको हातमा पत्र नपरेको पनि हुन सक्यो । सवाल दलका नेता को आए को llllआएनन् भन्ने होईन सवाल सर्वसाधर को–के कति आए भन्ने हो ।
एकै दिन त्यति धेरै सरकारी कार्यालयको सार्वाजानिक सुनुवाई कार्यक्रम यदि   सर्व साधरण बोलाए कै भए पनि त्यो प्रभावकारी हुन्थ्यो भन्ने लाग्दैन् । कार्यक्रममा अध्यक्षता गरी रहेका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सर्वसाधरणले उठाएका गुनासा सम्वोधन गर्ने र सरकारी कार्यालयका नियमित काममा छिटो छरितो र पारदर्शी गर्ने प्रतिबद्धता जनाए । स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, प्रहरी नायाव उपरिक्षक राजकुमार लम्साल लगायतका सरकारी कार्यालयका प्रमुखहरुले जवाफ दिई रहेका थिए । जनता नआए पनि जनताका आवाजहरु बोली देलान भन्ने आश राखिएका दलका नेताहरु नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ, एमालेबाट सोमनाथ सापकोटा, जनमोर्चाबाट जिवन राना, नेकपा–माओवादीबाट विरबहादुर कार्की लगायत मौन थिए । हुन त बोलेर पो के हुने हो र ? कर्मचारीले आफ्नो पारा छाड्दैनन् बोलेर छुचो हुनु भन्दा न बोल्यो आनन्दै’– हलबाट निस्केपछि एक नेताले यस्तो भन्दै थिए–‘ भई त हाल्यो नि तपाईहरु बोली हाल्नु भो नि । ’
तस्वीर आफै बोल्छ: ल हेर्नुहोस् सार्वजानिक कार्यक्रममा सेवाग्राही कति ? निलाकोटमा सजिएका सेवाप्रदायी कति ? 
तस्वीरः प्रेम सुनार

0 $type={blogger}: