१८ पुस, काठमाडौं ।
सरकारको योजनाअनुसार निर्माण प्रकृया अगाडि बढे अबको तीन वर्षमा भैरहवामा सुविधासम्पन्न अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनेछ ।
तस्वीरमा देखाइएजस्तै ६ वटा अन्तराष्ट्रिय र चारवटा आन्तरिक उडानका जहाज पार्क गर्न सकिने सुविधासहित भैरहवामा विमानस्थल संचालनमा आउने छ । यसले लुम्बिनीको पर्यटकीय विकासमा ठूलो परिवर्तन ल्याउने र बुद्ध धर्मालम्बी पर्यटकहरु सिधै लुम्बिनी पुग्ने सुबिधा उपलब्ध हुने छ ।
एशियाली बिकाश बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको बिमानस्थलका लागि अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले टेण्डर आह्वान गरेको छ । नोभेम्बर २८ मा टेण्डर खोलेयता करिव २४ वटा अन्तराष्ट्रिय कम्पनीले फारम लगेको गौतम बुद्ध विमानस्थल सुदृढीकरण आयोजनाका निर्देशक मुरारी भण्डारीले जानकारी दिनुभयो । चिनियाँ, भारतीय, कोरियाली र स्पेनी कम्पनीहरुले टेण्डरका लागि फारम लगेको उहाँले जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को वैकल्पिक विमानस्थलका रुपमा निर्माण गर्न लागिएको गौतम बुद्ध विमानस्थलमा अहिले टीआईएमा अवतरण गरिरहेका सबै जहाज अवतरण गर्न सक्ने निर्देशक भण्डारीले जानकारी दिनुभयो । विभानस्थल निर्माण कार्य २०१७ को जुनसम्म सक्ने लक्ष्य राखिएको छ ।
विमानस्थलमा ६ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ । पछिल्लो समय टिआईए व्यस्त भएर कतिपय समयमा अन्तर्राष्ट्रिय विमानहरु भारतमा लगेर ल्याण्ड गर्नुपर्ने बाध्यता छ, गौतम बुद्ध विमानस्थलको स्तरोन्नती भएपछि यो बाध्यता हट्ने छ ।
गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि टिआईएबाट हाल अवतरण भइरहेका जहाजमध्ये १० प्रतिशत गौतम बुद्धमा अवतरण गर्ने र बााकी नयाा थपिने अनुमान गरिएको छ । यसो भएमा टिआईएमा हवाई चाप कम हुनेछ ।
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण हुन थालेपछि पर्यटन विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरुले विश्वास लिएका छन् । ‘सबैभन्दा पहिला देशले पहिलो वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल पाउनेछ’ परियोजना निर्देशक भण्डारीले अनलाइनखबरसँग भन्नुभयो- ‘गौतम बुद्धको जन्मस्थल लुम्विनीको अन्तर्राष्ट्रिय जगतमा प्रत्यक्ष सम्बन्ध हुनेछ ।’
जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुलाई गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि राजधानी धाउनुपर्ने वाध्यताको अन्त्य हुनेछ । गौतम बुद्धको जन्म स्थलको प्रचार-प्रसार गर्न सहजता मिल्ने बताउादै निर्देशक भण्डारीले भन्नुभयो- ‘बौद्धमार्गीहरु सिधै लुम्विनी आएर फर्किन सक्नेछन् ।’
हेरौं नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त गौतम बुद्ध विमानस्थलका स्केचहरु

0 $type={blogger}:
Post a Comment