Friday, January 3, 2014

गुल्मीमा सुन्तलाबाट वार्षिक तिन लाख आम्दानीः एक रिर्पोट

प्रेम सुनार
गुल्मी १९ पुस । नेपाली युवाहरु स्वदेस मै स्वरोजगारको माध्य खोज्नु पर्दा पनि वार्षि डेढ दुई लाख कमाउनका लागि डेढ दुई लाख ऋण
खोजेर खाडी मुलक हानिन्छन तर ति मध्येका कतिपय युवाहरुले घर मै बसी बसी कृषि र फलफुल ब्यवसाय गरेर विदेश जानेहरुले भन्दा बढि कमाउने गरेका छन् ।
त्यसको ज्वालन्त उदाहरणका पात्र हुन गुल्मीको अर्खले ९ भाडगाउँका ३२ वर्षिय निरज मरासीनी । जसले दाना सुन्तला र त्यसको बेर्ना बेचेर यस वर्ष मात्रै तिन लाख भन्दा बढि आम्दानी लिनु भएको छ । २५ वर्ष अघि आफ्नो पिता कुश्माखर मरासीनीले सुरु गरेको ब्यबसायीक सुन्तला खेतीलाई अझ मलजल गर्दै मरासीनीले बाबुको मृत्यु पश्चात गत तिन वर्ष यता सुन्ताला नर्सरी सुरु थप आम्दानीको भरपर्दो माध्यम स्थापित गर्नु भएको छ ।
राजनिती संगै कृषिलाई आधुनिकीकरण गर्न कम्मर कस्नु भएका उहाँ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थीसंघको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । सुन्तला खेतीका अलवा पलाष्टिक टेनेलमा टमाटर र अन्य तरकारी खेती समेत गरेर गाउँका युवाहरुलाई गाउँ मै केहि गरेर देखाउनु पर्छ भन्ने कुरामा उत्प्रेरण दिनु भएका उहाँको प्रगती कस्तो छ त ? सुनौ सहकर्माी प्रेम सुनारले तयार पार्नु भएको यो स्थलगत रेडियो रिर्पोट

0 $type={blogger}: