थानापती, मंसिर२४। यहाँको एक स्थानीय युवा क्लब "थानपति युवा क्लबको" सक्रियतामा पहिलो पटक बस गुडेको छ। थानपती गाविस हुँदै सदरमुकाम तम्घास जोड्ने सडकले ग्रामीण वस्तीहरूलाइ ओगट्न नसक्दा २०३८ सालमा खुलेको ठूलो सडकले यी वस्तीहरूमा यातायातको सुगमता थिएन प्रायः । कृषिमा विशेष दखल रहेको यस गा.वि.स.का कृषकहरू यस कुरामा हर्षित छन् । बस चालक प्रितम श्रेष्ठ प्रफुलित दखिन्थे यस कुराले यो कुरा उनको गलामा पैरिहएको मखमली माला, सयपत्री माला र रूपैयका माला अनी अविरबाट सुशोभित अवस्था र उनको कार्यकुशलताले बताउथ्यो । युवाहरूको मोटर साइकल र्याली , अविर जात्रा, पन्चे बाजामा बस थोर्गाको डाँडो भेग छिचोल्दै गर्दा ग्रामीण वस्तीका महिला, आमा समूह, कृषक, वृद्ध, बृद्धा हर्षोल्लासित देखिन्थे । सडकलाइ केही चौडा र घुम्तीहरूमा कल्बोर्ट आदि बनाइ यस सडकमा नियमित बसको रूट बनाउने कुरा क्लबका अध्यक्ष बसन्त श्रेष्ठले बताउनु भएको छ।
तस्बिर : फिर निर्मल ज्ञवाली, बलेटक्सार
तस्बिर : फिर निर्मल ज्ञवाली, बलेटक्सार
0 $type={blogger}:
Post a Comment