होत्तरी, मंसिर २४ गते ।
निलो रंगको कोट र पहेँलो रंगको टोपीमा ठाँटिएका बेहुला र रातो साडीमा सिंगारिएकी बेहुली । आँगनभरि जम्मा भएका आफन्तको आँखा बेहुला-बेहुलीमा ठोक्किएको छ । जन्तीको ध्यान बेहुला-बेहुली भन्दा भोजभतेर तिर केन्द्रित छ । रक्सी र सुँगुरको मासुको स्वाद राख्न जन्तीलाई भ्याइनभ्याई छ । दुई हजार तिरेर ल्याएको साउन्ड सिस्टमबाट चर्को स्वरमा बजेको गीतमा सबै झुमेका छन् । २५ हजारमा ल्याइएको रात्रिनृत्यले बिहेको रौनक बढाएको छ ।
मटिहानी १ का झगरु मल्लिक डोमकी ११ वर्षकी छोरी वीणाकुमारी र एकडारा बेला ५ का सुरेश मिल्लकका १२ वर्षका छोरा रोशनको विहेको यो माहोलले शनिबार महोत्तरी मटिहानीको डोमबस्ती तातेको थियो । बिहेको सामाजिक र सांस्कृतिक दायित्व बुझ्न नसक्ने उमेरमा प्रणय सूत्रमा बाँधिन लागेका रोशन र वीणा कहिले वरिपरि त कहिले एक अर्कालाई हेर्दै अचम्म मानिरहेका थिए ।
बाँसको सामग्री बनाएर साँघुरो कोठामा जीवनयापन गर्ने मटिहानीका डोम समुदायमा बिहेको खुसी थामिसाध्य थिएन् । मुलुकमा थुप्रै परिवर्तन भए पनि डोम वस्तीमा त्यसको कत्ति प्रभाव परेको छैन् । आफ्नै पौराणिक रीतिरिवाजलाई निरन्तरता दिँदै बालविवाह गर्ने चलन डोम समुदायले छाड्न सकेको छैन् । सके गर्भमै, नभए ५ वर्षको उमेरभित्रै बिहे गर्ने परम्परा अनुसार झगरु डोमले ११ वर्षकी छोरी वीणाको बिहे १२ वर्षका रोशनसँग परम्परागत शैलीमा धुमधामका साथ गराएको थिए ।

0 $type={blogger}:
Post a Comment