कृष्ण बहादुर हमाल, बहराइन। ७ डिसेम्बर २०१३ का दिन लुलु नेपाली समाज बहराइनको बार्षिक दोस्रो साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व लुलु नेपाली समाज बहराइनका अध्यक्ष खिम बहादुर सिजवालले गरेका थिए भने संचालन सुन्दर पाण्डेले गरेका थिए कार्यक्रममा उलेख्य नेपालीहरुको उपस्थिति थियो !
कार्यक्रममा स्वागत मन्तब्य लुलु नेपाली समाज बहराइनका बिशेष सल्लाहकार भोजराज गैँरेले ब्यक्त गरेका थिए सो दोस्रो उत्सब तथा बार्षिक साधारण सभाले नया कार्य समिति पनि गठन गरेको छ जसमा अध्क्षय सुन्दर पाण्डे , उपाध्यक्ष सुन्दर भट्टराइ , सचिब दमोदर भट्रराइ , सहसचिब मिन प्रसाद भुसाल , कोषाध्यक्ष भेष राज रेग्मी , सहकोषाध्यक्ष हस्त बहादुर बि. क. र सदस्यहरुमा बिष्णु पाठक , यमनाथ डोटेल , बिबेक भट्टराइ , सल्लाहकार समिति प्रमुखमा शेर बहादुर गलामी , बिशेष सल्लाहकारमा भोज राज गैरे , हुम नाथ पाठक , खिम हादुर सिजवाल र नबिन बि. क. रहेको समिति गठन गरेको छ ।
सोहि कार्यक्रममा ऐक्यबद्ता अन्तरराष्ट्रिय संजाल बहराइन सदस्य समेत रहनु भएका समाज का निर्बाचित अध्यक्ष सुन्दर पाण्डे ले निबर्तमान समितिका पदाधिकारीहरुलाई बिशेष आभार ब्यत बार्षिक भेलाबाट गठित नया कार्य समिति बाट आफुलाई सधैं सहयोग तथा सल्लाह सुझाब को अपेक्षा रहेको आसा राख्दै आगामि दिनमा बहराइनमा रहेका सम्पुर्ण नेपाली संघ सस्थाहरु र सबै नेपाली सँग सहकार्य गर्दै अगाडी बढ्ने कुरा बताउनु भएको थियो !
0 $type={blogger}:
Post a Comment