काठमाडौं । के तपाईं सामान्य लगानीमा चाँडो र राम्रो मुनाफा गर्न सकिने कुनै कृषि व्यवसायको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईंका लागि थारो भैंसीपालन साह्रै उपयुक्त व्यवसाय हुन सक्छ । नेपालमा अहिलेसम्म कसैले नगरेको र कम मिहिनेतमा राम्रो मुनाफा गर्न सकिने व्यवसाय हो यो । यस व्यवसायमा श्रमिकको पनि खासै उल्लेख्य आवश्यकता पर्दैन ।
पछिल्लो एक अध्ययनअनुसार दूधको माग बढ्दै गए पनि माउ भैंसीको संख्या घट्दै गएको छ । कृषकहरुले महँगो मूल्यमा किनेर लैनो हुन्जेल पाल्ने अनि थारो भएपछि मासुको भाउमा कसाइलाई बेच्ने गरेका कारण माउ भैंसीको संख्या घट्दै गएको हो । पछिल्लो समयमा भारतबाट लैना भैंसी ल्याउने क्रम पनि लगभग ठप्प भएको र भैंसीको मासुको माग बढ्दै गएका कारणले पनि भैंसी मासिँदै गएका छन् ।
किन भयो भैंसी संकट ?
दूध बेचेर गुजारा चलाउने किसानले जातअनुसार प्रति गोटा रु ८० हजारदेखि एक लाख १३० हजारसम्म तिरेर लैनो भैंसी खरिद गर्ने गर्छन् । दूध दुहुने क्रमसँगै त्यसलाई पुनः बाली लगाउनेतर्फ प्रयत्न त गर्छन् तर प्रायः असफल हुन्छन् । केन्दि्रय गाइभैंसी प्रवर्द्धन कार्यालयका प्रमुख मणिकुमार श्रेष्ठका अनुसार लैनो अवस्थामा बाली नलाग्नुका पछाडि मुख्य समस्या पोषणको कमी देखिएको छ । आम्दानी मात्र लिने बानी परेका कृषकहरु आफ्नो भैंसीमा किन बाली लागेन भनेर खोज्ने र उपचार गर्नेतिर लाग्दैनन् । बरु थारो भैंसी मासुको भाउमा सस्तोमा बेचेर अर्को लैनो भैंसी ल्याउनेतर्फ लाग्छन् । यही कारण बाली लागेको भैसीको माग उच्च हुँदै गएको बताउने श्रेष्ठ भन्छन्, “यो व्यवसाय थाल्नु भयो भने तपाईंले पत्रकारिता वा यस्तै कुनै प्राइभेट जागिरबाट बीस वर्षमा गरेको कमाइ दुई वर्षमै गर्न सक्नु हुन्छ ।”
अहिले बजारमा थारो भैंसीको मूल्य प्रति गोटा रु ३०-४० हजारसम्म छ । एउटा थारो भैंसीलाई राँगो लगाएर ब्याउने अवस्थासम्म पाल्दा सरदर ३० हजारसम्म खर्च हुने देखिएको छ । चरिचरनको प्रशस्त सुविधा भएको ठाउँमा अलि बढी संख्यामा व्यवसायिक रुपमा पालन गर्ने हो भने प्रतिगोटा खर्च लागत रु २० हजारसम्म सीमित गर्न सकिन्छ । राँगो लागेर फाँचो झोलिन थालेपछि भैंसीको मूल्य प्रतिगोटा सरदर एक लाखको पुग्छ । यद्यपि भैंसीको मूल्य कति बेते हो र कुन जातको हो भन्ने कुराले पनि निर्धारण गर्दछ ।
कहाँ-कहाँ सम्भावना छ ?
विज्ञहरुका अनुसार व्यवसायिक रुपमा थारो भैंसीपालनको सम्भावना काभ्रे, नुवाकोट, चितवन, मकवानपुरको उत्तरी तथा ललितपुरको दक्षिणी क्षेत्रमा प्रचुर छ । खासगरी ती जिल्लामा किसानले दूधका लागि अत्यधिक मात्रामा भैंसी पाल्ने र थारो भएपछि बेच्ने चलन बढी छ । व्यवसायिक भैंसीपालनका लागि आवश्यक पर्ने चरिचरन, पानी र श्रमिकको पनि त्यहाँ अभाव छैन । साथै, बाली लागेको भैंसी बिक्री नहोला भन्ने समस्या पनि झेल्नु पर्दैन ।
विज्ञहरुका अनुसार चरिचरन र पानीको सुविधा भएको ठाउँमा यो व्यवसाय गर्ने हो भने दुई-तीन जना श्रमिकबाट सयवटासम्म भैंसी पाल्न सकिन्छ । “जति कम लागतमा थारो भैंसीमा बाली लगाउन सक्यो उति मूनाफा ।” श्रेष्ठ भन्छन्, “थारो भैंसीपालनमा जति सुरक्षित र राम्रो मुनाफा कृषिको अर्को कुनै पेशामा छैन ।”
जोखिम के-के ?
सानातिना जोखिम जुनसुकै पेशा व्यवसायमा हुन्छन् । दुनियाँमा जोखिमरहित पेशा व्यवसाय कुनै पनि छैन । तर थारो भैंसीपालन व्यवसायमा जोखिम अत्यन्तै कम देखिएको छ ।
सरसर्ती हेर्दा यो पेशाको मुख्य समस्या श्रमिकको हो । वैदेशिक रोजगारीका लागि युवाको बढ्दो पलायनले कृषि श्रमिक अत्यन्तै कम उपलब्ध हुने गरेका छन् । यद्यपि तलवसहित नाफाको निश्चित हिस्सेदारी दिने गरी श्रमिकको खोजी गर्ने हो भने पाउँदै नपाउने भन्नेचाहिँ हुँदैन ।
अर्को जोखिम- खरिद गरेर पालेको भैंसीमा पुनः बाली नलाग्नु हो । यद्यपि खरिद गर्ने बेलामा योग्य प्राविधिकबाट सल्लाह लिएर खरिद गरियो भने यो जोखिम अत्यन्तै कम हुन्छ । स्याहारका बावजुद पनि बाली लागेन भने गाईजस्तो बिक्रीका लागि समस्या होला भन्नु पर्दैन । मासुका लागि कसाईले तुरुन्तै खरिद गर्छन् । यति हो, मासुका लागि बेच्दा नाफा कम हुन्छ ।
तेस्रो समस्या- आहारको हो । शारीरिक कमजोरीका कारण बाली लाग्न नसकेको थारो भैंसीलाई पुनः बाली लाग्ने अवस्थामा पुर्याउनका लागि कम पोषण प्राप्त हुने पराल खुवाएर हुँदैन । हरियो घाँससहितको पोषिलो खाना र राम्रो स्याहार चाकरको आवश्यकता हुन्छ । हप्तौंसम्म बन्द हड्ताल लम्बिएर ढुवानी समस्या हुँदा दानाको समस्या हुनसक्छ । तर सञ्चितको व्यवस्था मिलाउने, वैकल्पिक उपाय खोज्ने हो भने यो समस्या पनि समाधान गर्न सकिन्छ ।
माथि उल्लेख गरिएका समस्याका बावजुद यो व्यवसाय सजिलो र सुरक्षितचाहिँ पक्कै छ । किनकि कुखुरा, बंगुर र बाख्रा इत्यादिजस्तो गरी भैंसी हत्तपत्त रोगव्याथीको सिकार भएर तुरुन्तै मर्दैन । जुका, नाम्ले, खोरेत, लुतोजस्ता रोगको उपचार बेलैम ागर्न सकियो भने स्वास्थ्यको समस्या आउँदैन भने पनि हुन्छ ।
थारो भैंसीपालन अन्य पशुपालनभन्दा साह्रै सजिलो छ । जस्तो, लैनो गाईभैंसीजस्तो दिनैपिच्छे दोइरहनु नपर्ने, समयमा दूध पुर्याउन नसक्दा फाटेर नोक्सान हुने, बन्द र मिल्क होलिडेको समस्या झेल्नु नपर्ने, पाडापाडी तथा बाच्छाबाच्छी स्याहार्नु नपर्ने, कम श्रमिक भए पनि पुग्ने फाइदा यसमा छन् । नाफा पनि निकै ठूलो छ । लैनो भैंसीको माग र मूल्य दिन प्रतिदिन बढ्दो छ । कुनै दिन घट्ने भन्ने नै छैन । तपाइर्ं पनि गर्ने होइन त भैंसीपालन ?

पशुसेवा विभाग अन्तर्गतको केन्द्रिय गाईभैंसी प्रवर्द्धन कार्यालयले भैंसीपालनको प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्नुले पनि भैंसी मासिने क्रम तीव्र भएको पाइएको छ । कम उपलब्ध भएपछि भैंसीको भाउ अचाक्ली बढ्नु स्वाभाविक नै भयो । फेरि यस क्षेत्रमा अहिलेसम्म व्यवसायिक कृषकहरुबाट पनि ठूलो संख्यामा लैना भैंसी उत्पादन गर्ने गरी फार्म सञ्चालन नभएकाले पनि यसको सम्भावना निकै उच्च रहेको भनाइ यस क्षेत्रका विज्ञहरुको छ ।
किन भयो भैंसी संकट ?
दूध बेचेर गुजारा चलाउने किसानले जातअनुसार प्रति गोटा रु ८० हजारदेखि एक लाख १३० हजारसम्म तिरेर लैनो भैंसी खरिद गर्ने गर्छन् । दूध दुहुने क्रमसँगै त्यसलाई पुनः बाली लगाउनेतर्फ प्रयत्न त गर्छन् तर प्रायः असफल हुन्छन् । केन्दि्रय गाइभैंसी प्रवर्द्धन कार्यालयका प्रमुख मणिकुमार श्रेष्ठका अनुसार लैनो अवस्थामा बाली नलाग्नुका पछाडि मुख्य समस्या पोषणको कमी देखिएको छ । आम्दानी मात्र लिने बानी परेका कृषकहरु आफ्नो भैंसीमा किन बाली लागेन भनेर खोज्ने र उपचार गर्नेतिर लाग्दैनन् । बरु थारो भैंसी मासुको भाउमा सस्तोमा बेचेर अर्को लैनो भैंसी ल्याउनेतर्फ लाग्छन् । यही कारण बाली लागेको भैसीको माग उच्च हुँदै गएको बताउने श्रेष्ठ भन्छन्, “यो व्यवसाय थाल्नु भयो भने तपाईंले पत्रकारिता वा यस्तै कुनै प्राइभेट जागिरबाट बीस वर्षमा गरेको कमाइ दुई वर्षमै गर्न सक्नु हुन्छ ।”
अहिले बजारमा थारो भैंसीको मूल्य प्रति गोटा रु ३०-४० हजारसम्म छ । एउटा थारो भैंसीलाई राँगो लगाएर ब्याउने अवस्थासम्म पाल्दा सरदर ३० हजारसम्म खर्च हुने देखिएको छ । चरिचरनको प्रशस्त सुविधा भएको ठाउँमा अलि बढी संख्यामा व्यवसायिक रुपमा पालन गर्ने हो भने प्रतिगोटा खर्च लागत रु २० हजारसम्म सीमित गर्न सकिन्छ । राँगो लागेर फाँचो झोलिन थालेपछि भैंसीको मूल्य प्रतिगोटा सरदर एक लाखको पुग्छ । यद्यपि भैंसीको मूल्य कति बेते हो र कुन जातको हो भन्ने कुराले पनि निर्धारण गर्दछ ।
कहाँ-कहाँ सम्भावना छ ?
विज्ञहरुका अनुसार व्यवसायिक रुपमा थारो भैंसीपालनको सम्भावना काभ्रे, नुवाकोट, चितवन, मकवानपुरको उत्तरी तथा ललितपुरको दक्षिणी क्षेत्रमा प्रचुर छ । खासगरी ती जिल्लामा किसानले दूधका लागि अत्यधिक मात्रामा भैंसी पाल्ने र थारो भएपछि बेच्ने चलन बढी छ । व्यवसायिक भैंसीपालनका लागि आवश्यक पर्ने चरिचरन, पानी र श्रमिकको पनि त्यहाँ अभाव छैन । साथै, बाली लागेको भैंसी बिक्री नहोला भन्ने समस्या पनि झेल्नु पर्दैन ।
विज्ञहरुका अनुसार चरिचरन र पानीको सुविधा भएको ठाउँमा यो व्यवसाय गर्ने हो भने दुई-तीन जना श्रमिकबाट सयवटासम्म भैंसी पाल्न सकिन्छ । “जति कम लागतमा थारो भैंसीमा बाली लगाउन सक्यो उति मूनाफा ।” श्रेष्ठ भन्छन्, “थारो भैंसीपालनमा जति सुरक्षित र राम्रो मुनाफा कृषिको अर्को कुनै पेशामा छैन ।”
जोखिम के-के ?
सानातिना जोखिम जुनसुकै पेशा व्यवसायमा हुन्छन् । दुनियाँमा जोखिमरहित पेशा व्यवसाय कुनै पनि छैन । तर थारो भैंसीपालन व्यवसायमा जोखिम अत्यन्तै कम देखिएको छ ।
सरसर्ती हेर्दा यो पेशाको मुख्य समस्या श्रमिकको हो । वैदेशिक रोजगारीका लागि युवाको बढ्दो पलायनले कृषि श्रमिक अत्यन्तै कम उपलब्ध हुने गरेका छन् । यद्यपि तलवसहित नाफाको निश्चित हिस्सेदारी दिने गरी श्रमिकको खोजी गर्ने हो भने पाउँदै नपाउने भन्नेचाहिँ हुँदैन ।
अर्को जोखिम- खरिद गरेर पालेको भैंसीमा पुनः बाली नलाग्नु हो । यद्यपि खरिद गर्ने बेलामा योग्य प्राविधिकबाट सल्लाह लिएर खरिद गरियो भने यो जोखिम अत्यन्तै कम हुन्छ । स्याहारका बावजुद पनि बाली लागेन भने गाईजस्तो बिक्रीका लागि समस्या होला भन्नु पर्दैन । मासुका लागि कसाईले तुरुन्तै खरिद गर्छन् । यति हो, मासुका लागि बेच्दा नाफा कम हुन्छ ।
तेस्रो समस्या- आहारको हो । शारीरिक कमजोरीका कारण बाली लाग्न नसकेको थारो भैंसीलाई पुनः बाली लाग्ने अवस्थामा पुर्याउनका लागि कम पोषण प्राप्त हुने पराल खुवाएर हुँदैन । हरियो घाँससहितको पोषिलो खाना र राम्रो स्याहार चाकरको आवश्यकता हुन्छ । हप्तौंसम्म बन्द हड्ताल लम्बिएर ढुवानी समस्या हुँदा दानाको समस्या हुनसक्छ । तर सञ्चितको व्यवस्था मिलाउने, वैकल्पिक उपाय खोज्ने हो भने यो समस्या पनि समाधान गर्न सकिन्छ ।
माथि उल्लेख गरिएका समस्याका बावजुद यो व्यवसाय सजिलो र सुरक्षितचाहिँ पक्कै छ । किनकि कुखुरा, बंगुर र बाख्रा इत्यादिजस्तो गरी भैंसी हत्तपत्त रोगव्याथीको सिकार भएर तुरुन्तै मर्दैन । जुका, नाम्ले, खोरेत, लुतोजस्ता रोगको उपचार बेलैम ागर्न सकियो भने स्वास्थ्यको समस्या आउँदैन भने पनि हुन्छ ।
थारो भैंसीपालन अन्य पशुपालनभन्दा साह्रै सजिलो छ । जस्तो, लैनो गाईभैंसीजस्तो दिनैपिच्छे दोइरहनु नपर्ने, समयमा दूध पुर्याउन नसक्दा फाटेर नोक्सान हुने, बन्द र मिल्क होलिडेको समस्या झेल्नु नपर्ने, पाडापाडी तथा बाच्छाबाच्छी स्याहार्नु नपर्ने, कम श्रमिक भए पनि पुग्ने फाइदा यसमा छन् । नाफा पनि निकै ठूलो छ । लैनो भैंसीको माग र मूल्य दिन प्रतिदिन बढ्दो छ । कुनै दिन घट्ने भन्ने नै छैन । तपाइर्ं पनि गर्ने होइन त भैंसीपालन ?
प्रस्तुती- कृष्ण अविरल
0 $type={blogger}:
Post a Comment