काठमाडौं, मंसिर २४ - जापानको टोकियोमा एक नेपाली विद्यार्थीले फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेका छन् ।गोरखा सतिपिपलका २२ वर्षीय सुरज बस्नेतले आइतबार साँझ टोकियो सिनावा स्टेशनको प्लेटफर्मबाट लिगबाट हाम फालेर आत्महत्या गरेेको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्लले जानकारी दिए ।
डेढ महिनाअघि अध्ययनका लागि जापान आएका बस्नेतले आत्महत्याअघि 'जाँदै छु धेरै टाढा-टाढा याद बोकेर, अब आउँदिन फर्केर' लेखेका थिए । सुरजले आत्महत्या गर्नुपर्ने असहज परिस्थिति केही नभएको उनका साथीलाई उद्धृत गर्दै मल्लले जनाए ।
एनआरएन जापानका पदाधिकारीसहित नेपाली अगुवाहरु सोमबार नै सुरजको शव राखिएको ताकानावा प्रहरीमा गएर घटनाबारे जानकारी लिएका छन् ।
0 $type={blogger}:
Post a Comment