Thursday, December 12, 2013

पाण्डे खेतमा मृत, हत्याको आशंका

प्रेम सुनार  गुल्मी २७ मंसिर ।
ठुलोलुम्पेको चेहमी गाउँमा आज विहान मृत फेला परेका अस्लेवाका पदम पाण्डेको कसैले हत्या गरेको स्थानियले आशंका गरेका छन् । अस्लेवा ६ निवासी ३१ वािर्षय पाण्डेको शव स्थानिवासीले अस्लेवा ८ चेहमीको खेतको गरामा आज विहान घाँस काट्न जाने क्रममा देखेका हुन् । 

उनलाई खेतमा करिव ३ मिटर जति घिसारेर हत्या गरी फालेको अस्लेवाका समाज सेवी गोपाल पाण्डेले जानकारी गराए । ‘ कपडा सवै च्यातिएको छ शव घोप्टो पारेर खेतमा राखीएको छ’ पाण्डेले भने –‘उनको हत्या गरेको शतप्रतिशत आसंका छ ।’ 

ईलाका प्रहरी कार्यालय रिडीलाई जानकारी गराईएको र प्रहरी वाटोमा आउदै गरेको उनले बताए । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्साल संग सम्पर्क राख्दा प्रहरी निरक्षकको नेतृत्वमा त्यहाँ टोली पठाईएको बताए । हत्या हो कि के हो अनुसन्धान पछि मात्रै थाह हुन्छ उनले भने स्थानियको भनाई सुन्दा उनको मृत्यु रहस्यमय छ । 

ठुलो लुम्पेक ८ र ९ मा लामो समय देखि वाईरिङ्गको काम गर्दै आएका पाण्डे हिजो साँझ सम्म ठुलोलुम्पेक ८ , चेहमी गाउँको एक घरको पुजामा देखिएको गोपाल पाण्डेले बताए । मोटरबाटोबाट २० मिटर तल खेतमा उनको शव रहेको, चप्पल र टोपी बाटैमा रहेको उनले जानकारी गराए । अविवाहित पाण्डे गाउँमा अत्यन्तै मिलनसार ब्याक्तिका रुपमा चिनिन्थे ।

0 $type={blogger}: