नारायण रपाल विश्वाकर्मा,बहराईन !
बाग्लुंग सेवा समाज बहराइनले रोजगारीको शिलशिलामा दुर्घटनामा मृत्यु भएका बाग्लुंग जिल्ला अमरभूमि गा. बि. स. वार्ड न १ का स्व. धन बहादुर घर्तिको धर्म पत्नी गंगा देवी घर्तिलाई बाग्लुंग सेवा समाज बहराइनले पठायको राहत रकम १,०५,७२७ /- प्रमुख जिल्ला अधिकारी कैलाश नाथ खरेलबाट हस्तान्तरण एक कार्यक्रम साथ गरेको छ उक्त कार्यक्रममा अतिथिहरु पत्रकार महासंघका सल्लाहकार राजेशचन्द्र राजभण्डारी , उधोग बाणिज्य संघ बाग्लुंगका महासचिब जयराम भारी, राष्ट्रिय जनमोर्चा जिल्ला सचिब धर्म कुँवर , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला का.वा. सभापति नबिन शेर्बुजा, नेपाल कुमिनिस्ट पार्टी एमाले का जिल्ला सदस्य भरत पुरी , नेपाली काँग्रेसका का. बा. सभापति जगदीश चन्द्र उपाध्या , प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाश नाथ खरेलले आफ्नो मन्तब्य बक्त गर्नु भएको थियो. बाग्लुंग सेवा समाज बाग्लुंगका सभापति एवम बाग्लुंग सेवा समाज बहराइनका बिशष प्रतिनिधि राजु के. सि. को सभापतित्व र प्रेम सुबेदीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । सो सहयोग रकम बाग्लुंग सेवा समाज बहराइनका अध्यक्ष लाल बहादुर पाठक , महासचिब तथा ऐक्यबदता मासिकका बहराइन प्रतिनिधि कृष्ण बहादुर हमाल , उपाध्यक्ष मोतीलाल घर्ति , सचिब कृष्ण श्रीस , कोषाध्यक्ष जीवन रोका , बरिस्ठ सल्लाहकार तिर्थ घर्ति मगर लगायत सम्पूर्ण बाग्लुंगबासी परिवारको सहयोगको साथ साथै बहराइनमा स्थापित विभिन्न सामाजिक संघसस्था , राजनैतिक पार्टीका संगठनहरु , विभिन्न कम्पनीमा काम गर्नु हुने नेपालीहरुबाट संकलित रकम रहेको पनि जानकारी दिन चाहन्छौ साथै यस कार्यक्रमलाई नेपालबाट हरपल सहयोग गर्नु हुने बाग्लुंग निबासी राजु के. सी. को समेत ठुलो हात रहेको छ भन्दै एक प्रश्नको जवाफमा यस समाजका महासचिब कृष्ण हमाल ले बाग्लुंग बासी आखिर जुन देशमा गए पनि उसको माया बाग्लुंग प्रति हुने कुरामा कसैको दुइ मत छैन त्यसैले हामीले सानो सहयोग गर्न सफल भएको र अब आउंदा दिनमा पनि यस्ता सामाजिक कार्यमा अघि बढ्ने बताउनु भएको छ ।
यस सस्थाका अध्यक्ष लाल बहादुर पाठकले बाग्लुंगमा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिंदै साथै बहराइनबाट सहयोग गर्ने सबै संघ सस्था तथा समाजसेबीहरुलाई आभार ब्यक्त गर्नु भएको छ र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।
0 $type={blogger}:
Post a Comment