Friday, November 1, 2013

प्रदेसीको दशैं,तिहार- आँखा भरि आँशु

प्रदेसीको दशैं - तिहार आँखा भरि आँशु ल्याउँछ ।।
सबैको त चाड - बाडमा मुहारभरि खुशी छाउँछ ।



यो तिहारमा निधार मेरो हुने भो खाली ।
बाटो नहेरे मेरी दिदि आउँदिन म यस पाली ।।

त्यता तिम्रो रित्तो हात यता मेरो निधार खाली ।
ओईलाउँछ होला मखमली, पाईन छुट्टी यस पाली ।।

सप्तरंगी टिका लाउने ठुलो धोका थियो मेरो ।
के गरौ खै मेरी दिदि कर्मै यस्तो रैछ मेरो ।।  

नझारे आशुँ मेरी दिदि संसार रैछ साह्रै जाली ।
मन रुन्छ प्रदेशमा सम्झिदा त्यो फुलको थाली ।।

प्रदेसीको दशैं - तिहार आँखा भरि आँशु ल्याउँछ ।
सबैको त चाड - बाडमा मुहारभरि खुशी छाउँछ ।।


यम लाल बेलबासे
गुल्मी, दिगाम ९
हाल - बहराइन

0 $type={blogger}: