Saturday, November 2, 2013

आज कुकुर तिहार, नरक चतुर्दशी पनि अर्थात् तिहारको दोस्रो दिन

गुल्मी दिगाम सेरोफेरो, कात्तिक १६
आज यमपञ्चकको दोस्रो दिन देशभरी कुकुर तिहार मनाईंदैछ ।
यमराजको द्वारपाल मानिने कुकुरलाई पूजा गर्ने र मीठो खानेकुरा खुवाउने चलन छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ ।
आज दिवगंत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरीमा दीपमालिका सजाएर तेल र जलले स्नान, गरी दीप प्रवाह गर्ने गरिन्छ । विहान तारा नअस्ताउँदै जलमा दीपप्रवाह गर्ने चलन छ ।


0 $type={blogger}: