Tuesday, November 12, 2013

स्याङ्जामा मोटरसाइकलमा आगजनी, कारमा तोडफोड

स्याङ्जा, कात्तिक २६
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको यातायात बन्दको अवज्ञा गरेको भन्दै स्याङ्जामा मोटरसाइकलमा आगजनी र जिपमा तोडफोड गरिएको छ ।
ग ६ प २१२५ नम्बरको मोटरसाइकलमा फेदीखोला १ जलुकेमा बन्दकर्ताले आगजनी गरेका हुन् । आगजनी गरिरहेको अवस्थामा जिप आएपछि जिपको सिसा फुटाएको प्रहरी निरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो ।
ग १ ज ३६९३ नम्बरको जिपको सिसा फुटाइएको हो । आजगनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

0 $type={blogger}: