Tuesday, November 12, 2013

गुल्मीको बन्द तोड्यो एमाओवादीले

प्रेम सुनार कार्तिक–२६,गुल्मी ।
संविधान सभा चुनावलाई विथोल्ने गरी वैद्य नेतृत्वको माओओवादी लगायतको ३३ दलको बन्द आव्हानलाई एकिकृत नेकपा माओवादी गुल्मीले तोडेको छ । उसले हिजोदेखि नै जिल्लाका तिन वटै क्षेत्रमा सवारी साधनमा आवत जावत गरी चुनावी प्रचारमा जटेको सो पार्टीका केन्द्रिय सदस्य तथा गुल्मी अर्घखाँची जिल्ला ईन्चार्ज दिनेश पन्थीले  जानकारी दिए  ।
‘ म आफै आज विहान सदरमुकाम तम्घासबाट गाडीमा आज क्षेत्र नम्वर ३ वाग्लाको चुनावी सभामा सहभागि हुन आएको छु ’उनले भने ‘चुनावलाई प्रभावित हुने गरी वैद्यजीहरुले गरेको बन्दलाई हाम्रा साथीहरुले हिजोदेखि नै तोडेका छन् ।’
उनले हिजो जिल्लाका यातयात ब्यवसायीहरुसंग बसेर छलफल पनि गरेको बताए ।  सवै जनताले स्वतन्त्र पुर्वक संविधान सभा चुनावमा मतदान गर्न पाउने अधिकारवाट बञ्चित गराउँनु हुदैन भन्दै उनले जनता, प्रहरी प्रशासन सवैको साथ लिएर गुल्मीको चुनावलाई असर गर्न नदिने बताए  ।
त्यस्तै आजदेखि अन्य पार्टीहरुले पनि फाटफुट रुपमा यातयात प्रयोग गरेका छन् । बन्दबाट जनतासलाई असर नपार्नका लागि जिल्ला प्रशासन कार्यालयले तिन पटक सम्म यस अघि नै गुल्मी उद्योग वाणिज्य संघ र राजनैतिक दल संघ छलफल गरी सकेको प्रमुम जिल्ला अधिकारी कमलराज ढकालले बताए ।
‘हामीले त हिजोदेखि नै वस, जिप काउन्टर खुल्ला रखाएका छौ ’ढकालले भने ‘सवारी साधनलाई आवस्यक यात्रु पुगेमा ति यात्रुहरुको सुरक्षार्थ हामीले प्रहरीलाई स्कटिङ्ग गराएर सञ्चालनमा ल्याएका छौं । ’ प्र.जि.अ.ढकालले आवत जावतमा जनतालाई पुर्ण सुरक्षा दिन प्रशासन सक्षम भएको भन्दै ढुक्कसंग यात्र गर्न आग्राह गरेका छन् ।
उता एकिकृत नेकपा माओबादीका  गुल्मीका चुनाव जन परिचान समिति संयोजक पन्थीले पनि आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाए ।


                                         

0 $type={blogger}: