Monday, October 14, 2013

लगातार वर्षका कारण गुल्मीमा हिलाम्य बन्दै छ दसैं।


गुल्मी दिगाम सेरोफेरो /गुल्मी , असोज २८। पछिल्लो चौबीस घन्टायता भइरहेको लगातार वर्षाका कारण गुल्मी लगायत देशका अधिकामस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । चौबीस घन्टायता सिमसिम पानी पर्ने क्रम रोकिएको छैन । दसैंको टीकाको दिन भइरहेको वर्षाका कारण टीका लगाउन विभिन्न स्थानमा आउजाउ गर्नुपर्ने सर्वसाधारणलाई समस्या भएको छ । अहिले मानिसहरु छाता ओढी आफन्त कहाँ टिका लगाउन हिडी रहेका द्रिश्यहरु देखीएको छ। धेरै बर्षको अन्तराल पछी दसैंमा पानी परेपछी मानीसहरुले दसैंमा फरक अनुभव गरेका छन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र अझै २– ३ दिनसम्म लगातार पानी पर्नेछ ।विशेष गरी पूर्वी तथा मध्य नेपालमा वर्षा हुने विभागले जनाएको छ ।

0 $type={blogger}: