प्रेम सुनार गुल्मी, मंसिर १२ ।
नुवाकोटकी एक महिला गुल्मीको एक परिवारमा बुहारी बनेर भित्रिएको ९ महिना भयो । तर, श्रीमानसंग भने देखभेट नै छैन् । डेढ वर्ष अघिदेखि तस्वीर र मोवाईल फोनमा चिन–जान भएकी नुवाकोटको देउराली गाविस वडा नम्वर–९ कि २७ वर्षिया माया तामाङ्ग, गुल्मी वडागाउँ २ , गजुङ्गाका ३० वर्षिय शिव सर्तुङ्गे मग संग यसरी देख भेटै नभई विवाह गरेकी हुन् ।
उनका श्रीमान कुवेदमा कार्यरत रहेका छन् । तामाङ्ग पनि खाडी मुलुकको रोजगारमा थिईन् । त्यहाँ वस्दा उनलाई फोटो मार्फत उनका साथीहरुले सर्तुङ्ग मगरसंग चिन जान गराएको उनि बताउछिन् । ‘ मेरो पुर्व पतिले हेला गरेर वैदेशिक रोजगारमा जान बाध्य भएकी थिएँ, तामाङ्गले भनिन–‘ उहाँकी श्रीमति पनि उहाँ विदेश गएको ५ महिना नवित्दै पाल्पा दोश्रो विवाह गरेर गएकी रहेछन्, त्यसैले धोका पाएका उस्ताउस्तै मिलेर विवाह गरेका हौं ।’
‘ वल्लै भो भेट जुनको र ताराको दुवै कर्म हाराको…. ’ भन्ने गीत सुनि रहने तामाङ्ग श्रीमानको प्रतिक्षामा निकै तड्पेको बताउँ छिन् । ‘ विदेशबाट फर्केर मोवाईलमा गरिएको वाचा पुरा गर्न माईती नगई सिधै गुल्मीस्थित उहाँको घरमा गएकी हुँ’–उनले भनिन–‘ घर आए पछि उहाँको फोटोमा टिका–टाला गरेर भित्रिएकी हुँ ।’
भौतिक रुपले नजिक रहेर मात्र माया हुन्छ भन्ने कुरा गलत हो भन्दै उनले थपिन–‘उहाँसंग देख भेट नभए पनि मलाई केहि फरक परेको छैन् वरु कति वेला आउनु होला भन्ने कुरामा वेहद प्रतिक्षामा छु । सर्तुङ्गेकी पुर्व पत्नीका एक छोरा र दुई छोरी रहेका छन् उनैहरुको सुसार गरेर वसेकी छन् ।
‘ शिवकी पुर्व पत्नी दुधे वालकलाई विचल्लीमा पार्दै दोश्रो विवाह गरेर हिडे पछि उनिहरु छिमेकीकहाँ आश्रय लिएर वसेका थिए ’ स्थानिय समाज सेवी नेत्रवहादुर सर्तुङ्गले भने–‘ अरु भन्दा पनि श्रीमान संग देख भेटै नभएकी यि महिला आए देखि वाल वालिकाले निकै सुसार पाएका छन् ।’ उनि सहित स्थानियवासीले उनिहरुको वैवाहिक सम्वन्धलाई अनौठो संयोग मानेका छन् ।
कुवेदमा रहेका सर्तुङ्गे संग सम्पर्क राख्दा पुर्व पत्नीले धोका दिए पनि वर्तमान पत्नीले साथ दिएकोमा निकै हर्ष लागेको बताए । ‘ उनलाई प्रत्यक्ष देखेको त छैन तर संगै छौं जस्तो लाग्छ ’–उनले भने–कहिले देखुँ भेटु जस्तो लागेको छ ।’ तामाङ्गको पुर्व तर्फका एक छोरालाई पनि आफैले ल्याएर राख्न चाहेको बताउँदै सर्तुङ्गे भन्छन् –उनलाई कहिल्लै दुख दिने छैन् ।

0 $type={blogger}:
Post a Comment