Sunday, August 24, 2014

समाजसेवी तथा पुजारी न्यौपानेको निधन, " दिगामले गुमायो राजनीतिक ,सामाजिक, सास्कृतिक र शिक्षा का लिडर "

यम लाल बेलबासे / गुल्मी दिगाम सेरोफेरो दिगाम, भदौ ९ ।

पछिल्लो केहि दिनदेखि बिमारी ले ग्रस्त भिम लाला न्यौपानेको हिजो बिहान निधन भएको छ उहा उपचारको क्रममा बुटवल मा रहदै आउनु भयको थियो, स्वर्गीय न्यौपाने राजनीतिका साथसाथै परोपकार र मानवीय सेवाको काममा पनि उहाको बिनास्वार्थ अतुलनीय योगदान रहेको छ ।

दिगाम को कुडार चौर र शृंगा स्कुलको जमिन व्यक्तिगत नाम मा दर्ता गर्न खोज्दा बिरोध गरी सामाजिक अमुल्य काम गर्नुभयको थियो साथै आदर्श स्कुल को २०१७ मा स्वकृत लिदा छबि लाल थापा र बाल सिंह काउछा संगै पाल्पा प्रसासन बाट स्वीकृत लिनु भयको थियो, भुमिगत कम्युनिष्ट राजनीति गरी दिगाममा कम्युनिष्ट चेतना जगाउन भूमिका खेल्नु भयको थियो शासक बर्गको नेत्रित्यो गरी शृंगाका उमेदवार बिरुद्ध उमेद्वारी दियर २०२६ साल मा पंचायेती चुनाब हारेपछि उहाले आदर्श स्कुल को  शिक्षक पेशा छोडी बुटवलमा राईस मिल समेत चलाउन बाध्य हुनु परेको थियो। यति हुदा पनि कत्ति बिचल्ली नभई सधै दिगाम र दिगामे बासीको भलाईको लागि काम गर्दै आउनु भयो, यसै गरी २०६१ - २०६२ मा आदर्श माध्यमिक लाई उच्च माध्यामिक बनाउन आर्थिक समिति सम्योजक बनि दिगामे जन्तालाई चन्दा सहयोगमा नेत्त्रितो गर्नु भयको थियो भने यति मात्र नभयर परिवार त्यागी सन्यासी रुपमा दिगाम को थुम्कामा रहेको  सिवालय मन्दिरमा पुजारीको काम थाल्नु भयो २०६७ मा दिगाममा पहिलो पटक सामाजिक सप्ताह  तथा पुराण कार्यक्रम गरायर दिगाम को सस्कृति पुनराजागरण को सुरुवात गर्नु भयको थियो.... उहाले गुल्मी दिगाम लाई दियको योगदान को यहाँ जति चर्चा गरेपनि कमै पर्छ ।

हिजो रिडीमा न्यौपानेको अन्तिम दाहसंस्कार गरियको छ, दिगाम को राजनीतिक सामाजिक सास्कृतिक र शिक्षा का लिडर गुमाउदा आज दिगामले विकासको परिपथमा एक नछेत्र नै गुमायको छ। उहा हाम्रो माझ नरहेपनी हामीहरुको मानस्पटलमा सधैं रहिरहनेछन...   

0 $type={blogger}: