पोष्ट राज ज्ञवाली / गुल्मी दिगाम सेरोफेरो दिगाम भदौ ८।
सामान्यत बाघ र एकै ठाँउमा बस्दैनन्। तरपनी दुबैको बस्ने ठाँउ जङगल नै हो।
तर गुल्मीको दिगामको वडा नं. 8 र 9 मा भने कुरो अर्कै छ। बाँदरहरुलाई गाँस
र बासको लागी जङगलभन्दा किसानका खरबारी र घरबारी उपर्युक्त हुदैछन
भने बाघहरु बाँदर र घरपालुवा जनावरको शिकारको लागि किसानहरुको घरगोठमै
बास बस्न लागेका छन।
स्थानिय सिद्धबाबा सामुदायीक बनको ब्यापक क्षेत्र हुँदाहुँदै पनि आखिर बाँदरहरु बिसौना, भाङडाडा र एकुलडाडाका गैराहरु किन छोडदैन त ? कारण दुईवटा छनः सामुदायिक वनमा उपभोक्ता समुहको संरक्षणका नाममा झाडि पाल्ने काम बढदा बाँदरहरुलाई उर्पयुक्त घाँसपात तथा बासस्थानहरु मासिदै जानु, दोस्रो स्थानियले उपयोगको कमीले शिरिस र बाँसका ठुला झाडीहरु हुर्काउदा बाँदरको लागी उपयुक्त बासस्थानको बिकास हुनु। कारण जेसुकै रहेतापनि बाँदरहरुलाई जङ्गलका मुखका बस्तीहरु चिलाउने पोखरी, भुजेलमारा, घलाम आदिभन्दा बिसौना, बोखर, भाङडाँडाँ, एकुलडाँडाँ आदि उपयुक्त भएका छन्।
कुरो बाँदरमा मात्र सिमीत छैन। जङगलमै रहनुपर्ने खरायो र दुम्सीलाई पनि किसानकै बारीमा आश्रित हुनुपरेको छ।
बाँदर र खरायो खाने तालमा बाघले गाँऊका बस्ती वरिपरि नै घुम्न थालेपछी दिउसै पनि बाघबाट गाँउहरु असुरक्षित भएका छन। बर्खायाममा प्रत्येक बर्ष बाघले चौबिसघन्टा गाँउ नछोडने गरेको स्थानिय बताउछन। बाघले आक्रमण गरी स्थानियका बाख्रा पाडा पाडी मात्र नभएर मान्छे नै असुरक्षित हुन थालेका छन। बाघले कुखुरा समेत खाने गरेको स्थानिय टिकाबहादुर दर्जी बताउनुहुन्छ।
माओवादी द्वन्दकालमा गाउमा भएका घरेलु बन्दुकहरुसमेत बुझाएपछि दुम्सि लगायतका जङगली जनावर नियन्त्रण गर्ने हतियार नभएको स्थानिय चुरामणि अर्याल बताउनुहुन्छ।
यो समस्या समाधानका लागि सामुदायीक वनका उपभोक्ता जागरुक भई बनको झाडी तथा सोत्तर सफा गरी नँया पालुवा तथा दुवोहरु उम्रीने बाताबरण बनाउनुपर्ने र सिरीस तथा बाँसका अनाबश्यक ठुला रुखहरु र झाडिहरु नराख्ने आदि गर्नुपर्ने टड्कारो आवश्यकथा देखिन्छ।

0 $type={blogger}:
Post a Comment