Tuesday, July 22, 2014

बाटो अवरुद्ध हुँदा लाखौंको तरकारी नष्ट


प्रेम सुनार गुल्मी, साउन ६ ।
 जिल्ला कै बढि तरकारी उत्पादन गर्ने   गाविस मानिने  अस्लेवामा  वजार सम्म पुराउने सडक अवरुद्ध भए पछि त्यहाँ उत्पादित लाखौ मुल्य बराबरको तरकारी खेत मै सडेर क्षति भएको छ ।
  जिल्ला कै अगुवा कृषक मानिने अस्लेवाका अर्जुन कनौजेको तरकारी फर्ममा मात्रै करिव २ लाख बराबरको तरकारी सडेर नष्ट भएको छ । ५० रोपनी खेतमा टमाटर , बोडी, करेला , कांक्रा  बन्दा, काउली र सिमी उत्पादन गर्दै आएका कनौजेले बजार पुराउन नसके पछि उखलेर फाल्न थालिएको बताए ।

 गत जेठ १५ गते देखि सेनाले रिडी देखि रुद्रवेणी सडक खण्डमा सडक बिस्तार गर्दा  उक्त सडक बन्द गरिएको र उता कालिगण्डकी कोरिडोरमा पनि बेला बेलामा अवरुद्ध हुँदा त्यहाँको तरकारीले बजार पाउन नसकेका हो ।
 कनौजे सहित उनका छिमेकी कृषक लक्ष्मण पाण्डे, खेमलाल पाण्डे , महाशर्मा पाण्डे लगातका व्यवसायीक तरकारी खेती गर्ने कृषकहरुले उत्पादन दिदै गरेको तरकारी उखलेर धान रोप्न बाध्य भएका छन् ।
 उनिहरुले परम्परागत धान खेती छाडेर तरकारी खेती गरी मनग्ये आम्दानी गर्दै आई रहेका थिए । अस्लेवाका सवै कृषकहरुको गरी करिव ५ लाख बराबरको क्षति भए पछि उनिहरु निरास भएका छन् ।

 यस सम्वन्धमा नेपाली सेना सडक निर्माण कार्यादलका कमाण्डर प्रमुख सेनानी रेश्मीराज भट्टराई संग सम्पर्क राख्दा माथीबाट रकम निकासी हुन ढिलाई भए पछि सडक निर्माण कार्य पनि ढिलाई भएको बताए ।
 सेनाले उक्त सडक खण्डको साँधुरेमा साढे दुई किलो मिटर कडा चट्टान फोरेर चौडा पार्ने काम गर्दै आएको छ ।  अस्लेवाको तरकारी बुटवल र पोखारा सम्म पुग्ने गर्दछ । कनौजे लगायत अस्लेवाका  दर्जनौ व्यवसायीक तरकारी कृषकहरु एउटैले वार्षिक ९ लाख सम्मको तरकारी उत्पादन गर्दै आएका छन् ।





तस्वीर सड्दै गरेको तरकारी र डोकोमा टिपेर स्थानिय बजारमा सस्तो मुल्यमा बेच्ने तरखरमा लागेका   कनौजेका ९२ वर्षिय हजुर बुवा

0 $type={blogger}: