Monday, July 21, 2014

पानी नपस्‍ने र किला ठोक्‍न मिल्ने मोबाइल बजारमा

काठमाडौं, साउन ५
 पानी नपस्ने, ढुंगामा खस्दा नफुट्ने, हिलो तथा धुलोले केही नहुने र घनले जस्तै किला ठोक्न मिल्ने मोबाइल नेपाली बजारमा आएको छ। जर्मन कम्पनीबाट निर्मित रङ गियर नामको यो मोबाइललाई नेपाल ग्यालेक्सी टेक्नोलोजी प्रालिले भित्र्याएको हो।
यो मोबाइल अहिलेसम्मकै बलियो र भरपर्दो भएको नेपाल ग्यालेक्सी टेक्नोलोजीका निर्देशक अरुण श्रेष्ठले जानकारी दिए। आरजी एक सय २८ र आरजी ९७० एपेक्स नामक दुईवटा मोडेलका मोबाइल सेट नेपाली बजारमा भित्र्याएको उनले जानकारी दिए।
आइतबार राजधानीमा यो मोबाइल सार्वजनिक गरिएको छ। आरजी एक सय २८ को बजार मूल्य पाँच हजार नौ सय १९ रुपैयाँ र आरजी ९७० एपेक्सको बजार मूल्य ४२ हजार नौ सय १९ रुपैयाँ रहेको उनले बताए।
पाँच हजारको मोबाइलमा ब्लुटुथ, एफएम रेडियो, एसएमएस, जीपीआरएस, क्यालकुलेटर तथा शून्य दसमलब तीन मेगापिक्सेलको क्यामेरालगायतको सुविधा रहेको छ। यो मोबाइल एक दसमलब दुई मिटरसम्मको उचाइबाट खस्दा केही नहुने, पानीमा तैरिने, पानीमा आधा घन्टासम्म डुबाउँदा पनि पानी नपस्ने भएकोले बलियोसमेत भएको श्रेष्ठले बताए।
अर्को मोडेल आरजी ९७० एपेक्स टच स्क्रिनसहितको एन्ड्रोइड मोबाइल हो। यो मोबाइलले ओखर फुटाउन सकिने, किला ठोक्न सकिने विशेषता रहेको छ। दुई मिटरसम्मको उचाइबाट कडा चट्टानमा खस्दा पनि केही नहुने, दुई मिटर गहिरो पानीमा आधा घन्टासम्म डुबाउन सकिने विशेषता यसमा रहेको छ।
दुईवटा सिमकार्ड, आठ मेगापिक्सेलको क्मामेरा, दुई मेगा पिक्सेलको फ्रन्ट क्यामेरा, लेड फ्ल्यास लाइटसहितका सुविधा यो सेटमा रहेको कम्पनीको दाबी छ। दुईवटै सेटमा ब्याट्रीको ६ महिना र मोबाइलको एक बर्ष वारेन्टी दिने कम्पनीको भनाइ छ।

0 $type={blogger}: