प्रेम सुनार गुल्मी जेठ १० ।
विश्व प्रशिद्ध ओस्कार अवार्डको नोमिनेशनमा पर्न सफल नेपाली कथानक चलचित्र मुना मदन केहि दिन देखि सदरमुकाम तम्घासको पुतली वजारस्थित शिवशक्ती चलचित्र मन्दिरमा चलि रहेको छ ।
माहकवी लक्ष्मी प्रशाद देवकोटाको प्रशिद्ध खण्डकाव्य मुना मदनमा आधारित यो चलचित्र हेर्न परिवारका पुरै सदस्य एकै साथ जाने गरेका छन् । यहाँका विद्यालयलहरुले पनि पालैपालो विद्यार्थीहरुलाई देखाउन लैजाने क्रम बढेको छ । यस चलचित्र विशेषतः बैदेशिक रोजगारमा जानेहरु र उनका परिावारले एक चोटी हेर्नै पर्ने निर्माता, निदेशकहरुको जोड छ ।
चलचित्रमम नायक अर्थात मदनको भुमिकामा दिपक त्रिपाठी रहेका छन् भने नायिका मुनाको भुमिकामा उषा पौड्यालले जिवन्त अभिनय गरेकी छन् । दिदीको भुमिकामा मिथीला शर्मा, आमाको भुमिकामा सुभद्र अधिकारी , गाउँमा व्याजको स्याज गराएर गरिवहरुलाई शोषण दमन गर्ने जिम्वाल साहुको भुमिकामा निर शाह जमेका छन् ।
त्यस्तै मदनलाई गरिवीबाट मुक्त गराउन रोजगारीका लागि भोट लैजाने सहयोगीको भुमिकामा शिवहरी पौड्याल र त्यहाँ विमारी परेर विचल्लीममा परेका मदनलाई उद्धार गर्ने भोटेको भुमिकामा विजय लामाको भुमिकाले पनि दर्शकलाई परोपकारी बनाउन उत्प्रेरित गर्दछ ।
एनबिए चलचित्र ब्यानरको शौगातका रुपमा निर्मित मुना मदन २०६४ सालमा रिलिज भएको थियो । करिव ७० लाखको लागतमा मुना मदनको निर्माता नवराज ढकाल हुन भने निर्देशक ज्ञानेन्द्र देउजा रहेका छन् ।
प्रस्तुत आजको गुल्मी फिचरमा तम्घासको शिवशक्ति चत्रचित्र मन्दिरमा पुगेर दर्शक र निर्माता नवराज ढकालसंग गरिएको रेडियो कुराकानी र मुना मदनका केहि झलकहरु । साथमा चलत्रित्रका तस्वीरुहरु

0 $type={blogger}:
Post a Comment