Saturday, May 24, 2014

खाँवामा बाधेर कुटेर श्रीमतिको हत्या

प्रेम सुनार गुल्मी, जेठ १० ।
 केहि दिन अघि गुल्मीको फोक्सीङ्गका एक पुरुषले श्रीमतिलाई घरको खाँवामा बाँधेर कुटी कुटी हत्या गरेको आज प्रहरीले खुलासा गरेको छ ।
जेठ ८ गते साँझ करिव ९ वजेको समयमा फोक्सीङ्ग गाविस वडा नम्वर ४ बगेनीढुङ्गा निवासी ३५ वर्षिय नरबहादुर सार्कीले २७ वर्षिया श्रीमति कुमारी सार्कीलाई घरको खाँवामा बाँधेर  आगो फुक्ने पलामको ढुङ्ग्रोले कुटेर मारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले खुलासा गरेको हो ।
‘ निजीले श्रीमतिलाई कुटी कुटी मारेको पुष्टी भएको छ’ प्रहरी प्रमुख प्रहरी नायव निरक्षक राजकुमार लम्सालले भन‘उसलाई पक्राउ गरी अदालतमा मुद्धा पेश समेत भएको छ ।’
‘बाबाले रक्सी खानु भएको थिएन उनकी ८ वािर्षया छोरीले भनिन आमाले रक्सी खानु भएको थियो गहु  बेचेको भनेर झगडा  सुरु भएको थियो ।’ उनले आमालाई वावुले बाँधेर ढङ्गो कुटी रहेको देखेकी थिईन तर आक्रोषित बाबुको डरले गुहार माग्न सकिनन् । उनका छिमेकीका अनुसार श्रीमति कुमारीले रात दिन रक्सी पिएर श्रीमानलाई कुट्ने गाली गर्दै आई रहेकी थिईन्  ।
मजदुरी गर्ने श्रीमान नरबहादुरले ल्याएको राशन समेत बेची दिने गर्थिन् ।  सम्पत्तीका नाममा सार्की परिवारको वास मात्रै रहेको छ तर रक्सी भने कुनै दिन टुट्दैनथ्यो । श्रीमानले रक्सी पिए पनि अडकलले पिउँथे तर श्रीमति विहान देखि साँझ सम्म टिल पर्ने गर्दथिन् । उनिहरुको दश वर्षिया छोरा र ८ वर्षिया छोरी छन् । शव उठाउने पैसा  नभएर चन्दा उठाएर आएका थिए ।
यो समाचार त्यसै स्थान  उपल्लो तम्घास बाटैमा लेखिदै छ जुन स्थानमा उनको शव राखिएको छ । मृतक महिलाकी  छोरी शवको कोखैमा गालामा हात लगाएर बसेकी छन् , उनका छिमेकीहरु दाह संस्कार गर्ने रकम नभएर तम्घास तिरै जलाउन टायर खोज्दै  घर फर्किने चन्दा उठाउँदै छन् । यसरी श्रीमान श्रीमति नै रक्सीले मात्तिने र झडगा गर्दा यस्ता घटनाहरु घट्छन भन्ने कुराबाट सचेत हुन जरुरी भएको छ ।

0 $type={blogger}: