प्रेम सुनार, चैत्र २९ गुल्मी ।
चैत्र महिनाको पहिलो साता श्रृंखलवद्ध दुई वालिका वलात्कृत भएको घटना सेलाउन नपाउदै यहाँ फेरी यस हप्ता दुई वालिका वलात्कृत भएका छन् । चैत्र २४ गते दिन दाहडै वलेटक्सार ५ वस्ने २० वर्षिय वलबहादुर गन्धर्वले १५ वर्षिया स्थानिय सिला (नाम परिवर्तन) लाई वलत्कार गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनु भयो ।
उहाँले दिएको जानकारी अनुसार त्यसको तिन दिन नवित्दै चैत्र २७ गते साँझ ७ वजेको समयमा दुब्रुङ्ग १ निवासी १९ वर्षिय सुर्यबहादुर बि.कले स्थानिय १५ वर्षिय रोशना (नाम परिवतर्न) वालिकालाई हर्राचौर ६ को खालीडाँडा भन्ने ठाउँमा वलत्कार गरेका थिए । बिकले संगै भलिवल खेलेर आएकी उनलाई वाटैमा समातेर वलत्कार गरेको उनिवाट स्वीकार भएको लम्सालले बताउनु भयो ।
त्यस्तै वलेटक्सारका गन्धर्वले ति वालिकालाई वडा नम्वर ५ को कुलान मन्दिरको कोखमा पर्ने खोल्सामा लगेर वलात्कार गरेका थिए । उनले पनि वलात्कार स्वीकार गरेको र ति दुवैलाई प्रहरीले पक्राउ गरी अदालतमा म्याद थप गर्ने कार्य समेत भई सकेको प्रहरी प्रमुख लम्सालले जानकारी दिनु भयो ।
स्मरण रहोस यसै चैत्र ४ गते खड्कोट २ का जिवन दमाईले १० वर्षिया वालिका वलत्कार गरेको थिए भने चैत्र २६ गते आँपचौर ८ का ६५ वर्षिय खिमानन्द अर्यालले जोहाङ्ग ९ चोरकाटे स्थित ९ वर्षिया वालिका वलत्कार गरेको अभियोगमा समातिएका थिए । अर्याल स्थानिय सिवालय मन्दिरका पुजारी थिए र त्यसै मन्दिरको छतमा ति वालिकलाई वलत्कार गरेको भन्दै स्थानियले मरणसन्य कुटपिट गर्दै प्रहरीलाई बुझाएका थिए ।
ति दुवै जना पुर्पक्षका लागि कारागार चलान भई सकेका छन् । गड्गकोटमा वल्त्कृत १० वर्षिया वालिकाको घाउ भने अझै निको भई सकेको छैन् । योनी र गुद्द्धार एकै ठाउँ भए पछि सिलाउनु परेको उक्त घाउ पाकेको र उनि कोही मान्छे देखे त्रसिने गरेकी छन् । यस्ता क्रुरर वलत्कार घटना त्यसमा पनि एकै महिनामा चार वालिका वलत्कार घटनाले गम्भीर चिन्ताको विषय बनेको प्रहरी नायव उपरिक्षक लम्सालले बताउनु भयो ।
0 $type={blogger}:
Post a Comment