प्रेम सुनार गुल्मी २१ फागुन ।
गत ११ दिन देखि गुल्मीको सदरमुकाम तम्घासमा आयोजित ५ औं राष्ट्रपति रनिङ्ग शिल्ड कप पतियोगिताको बुधवार अन्तिम दिन महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घास गुल्मीले प्रथम पुरष्कार हाता पार्न सफल भएको छ ।
उसले जिल्लाका ३२ वटा विद्यालयलाई पछाडी पार्दै निकटतम प्रतिद्धन्द्धी त्रिभुवन उच्च माध्यामिक विद्यालय कुर्घासंग जम्मा २ अंकले अग्रस्थानमा रहेर ५ औं राष्ट्रपति रनिङ्ग शिल्डकप आफ्नो पोल्टामा पारेको हो । त्यस विद्यालयले विभिन्न खेलबाट ७६ अंक ल्याएको थियो भने गत वर्ष राष्ट्रपति कप जित्न सफल त्रिभुवन उच्च मावि कुर्घाले ७४ अंक ल्याई दृतिय र शिद्धबाबा उच्च मावि तम्घास खानीगाउँले ७० अंक ल्याई तृतिय पुरष्कारमा चित्त बुझाउनु परेको छ ।
प्रथम, दृतिय र तृतिय पुरष्कार विजेता विद्यालयले क्रमशः १५ हजार, १० हजार र ९ हजार नगद पुरष्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुरष्कार समापन समारोहका प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बि.क.ले प्रदान गरेका थिए ।
अन्तिम दिन निकै रोमन्चक र राष्ट्रपति शिल्ड हात पार्न निर्णायक जस्तै मानिएको छात्र भलिवल खेल ज्यादै सकस पुर्वक उदय उच्च माध्यामिक शान्तिपुरले भानु सेकेन्डरी ईङ्गलिस वोर्डिङ्ग स्कुल हर्राचौरलाई पर्छार्दै प्रथम भएको थियो । भलिवलमा प्रथम भए पछि त्यस विद्यालयले राष्ट्रपति रनिङ्ग शिल्डकप आफ्नै पोल्टामा पर्ने हुटिङ्ग गरको भए पनि घोषण गर्ने बेलामा छाँगाबाट खसे झैं हुनु परेको थियो ।
छात्रा भलिवल खेलमा शिद्धबाबा उच्च माध्यामिक विद्यालय प्रथम भएको छ भने भानु सेकेन्डरी वोर्डिङ्ग स्कुल हर्राचौर दृतिय भएको छ । यस प्रतियोगितामा छात्र तर्फ उत्कृष्ट भलिवल खेलाडीको पुरष्कार उदय उच्च माध्यामिक विद्यालयका रञ्जीत खत्रीले हाता पार्न सफल भएका छन् भने छात्रा तर्फ उत्कृष्ट खेलाडी हर्राचौर माध्याकि विद्यालय हर्राचौरकी छात्रा अस्मीता श्रीसले प्राप्त गरेकी छन् ।
अनुशासनमा भने आदर्श विद्या आश्रम तम्घासले उत्कृष्ट पुरष्कार हाता पार्न सफल भएको छ । एथेलेटिक्समा त्रिभुवन उच्च मावि कुर्घा नै उत्कृष्ट हुन सफल भयो । यस वर्षको रनिङ्ग शिल्ड कप हात पार्न सफल महेन्द्र उच्च माध्यामिक विद्यालयले प्रथम राष्ट्रपति शिल्ड कप पनि हात पारेको थियो ।
चार वर्ष पछि पाँचौ शिल्डकप पनि हात पार्न सफल भएकोमा त्यस विद्यालयका प्राचर्य केशरबहादुर थापाले खुशी ब्याक्त गर्दै विद्यार्थी, खेल शिक्षकलाई विशेष धन्यबाद थिए । समापन समारोहमा तृतिय पुरष्कार सौजन्यकर्ता नेपाल सुन चाँदी ब्यबसायी संघका अध्यक्ष वालकृष्ण बराल सहित खेल ब्यबस्थापक, रेफ्री एवं प्रशिक्षण गरी रहेको गुरुगोरख गुल्म धागीथुम ब्यारेकका खेलाडी, जिल्ला प्रहरी कार्यालय, विभिन्न खेल प्रशिक्षकलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । चौथो राष्ट्रपति शिल्डकप प्रतियोगिता सम्म जिल्लामा मात्रै सिमित रहेकोमा गत वर्ष देखि आयोजक संस्था जिल्ला खेलकुद विकास समिति गुल्मीले तिन वटै निर्वाचन क्षत्र स्तरिय राष्ट्रपति कप खेल गराएर त्यसबाट छनौट भएका विद्यालयहरुलाई सहभागी गराएको थियो ।
फल्गुन १० गते देखि सुरु भएको पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगिताका लागि नेपाल सरकार युवा तथा खेलकुद विकास मन्त्रालयबाट २ लाख रुपैयाँ आएको , जिल्ला स्थित ७ वटा गैह्र सरकारी संस्थाले ५ हजारका दरले दिएको र सुनचाँदी ब्यवसायी संघका अध्यक्ष वालकृष्ण बरालले तृतिय पुरष्कारका लागि ९ हजार रुपैयाँ सौजन्य गरेको जिल्ला विकास समितिका कार्यालय प्रमुख दिपक केसीले बताए । उनका अनुसार राष्ट्रपति रनिङ्ग शिल्डकप अन्तरगतको मार्शल आर्ट खेलको भने छनौट गर्न बाँकी छ ।
समापन समारोहमा जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालको प्रमुख आतिथ्यता, रहेको थियो भने अन्य समाज सेवी र पत्रकारहरुको आतिथ्यता थियो । आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बिकको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष कृष्ण भण्डारीको स्वागत मन्तब्य र आईटिएफ कराँते प्रशिक्षक नवराज खरेलको सञ्चालन रहेको थियो ।
0 $type={blogger}:
Post a Comment