Friday, February 28, 2014

यसरी पत्ता लगाउनु होस् फेसबुकमा को झुट हो र को साचो ?

कालिका फागुन १६
फेसबुक, ट्विटर जस्तो सामाजिक सञ्जालमा झुटलाई समात्न एक आश्चर्यजक डिटेक्टर बनाई रहेको छ । यो सिस्टमले अनलाइनमा पोष्ट गरिएको कुराहरु साँचो हो या झुटो तत्काल विश्लेषण गर्न सक्छ । यति मात्र नभई जुन अकाण्टबाट पोष्ट गरिएको छ , त्यसले गलत सूचना फैलाउनका लागि बनाइएको हो वा होइन त्यो पनि पत्ता लगाउन सकिनेछ ।

सरकारीका साथै अन्य संघ संस्था र इमरजेन्सी सेवालाई प्रभावी जवाफी कारबाहीलाई मद्दत गर्नु यसको उद्देश्य हो । सन् २०११ मा लण्डन हिंसाको क्रममा सोशल मीडियाको प्रयोगमा आधारित शोधपछि यो प्रोजक्ट सुरु भएको छ ।

यस प्रोजेक्टको मुख्य शोधकर्ता र शेफील्ड विश्वविद्यालयसंग सम्बन्धित डाक्टर क्यालिना बोनशेवाका अनुसार सन् २०११ को हिंसापछि यस्तो सुझाव आएको थियो कि सोशल नेटवर्किङ्ग साइट्सलाई बन्द गर्नु पर्ने विचार आएको थियो ताकि हिंसा पुनः हुन नसकोस् । यस श्रेणीमा समाचार केन्द्र, पत्रकार, विशेषज्ञ वा प्रत्यक्षदर्शी आदिको खाता समावेश हुनेछ, जसमा स्वतः पोस्ट जारी हुनेछ ।

सोशल नेटवर्कमा भएको कुराकानीको अध्ययन हुनेछ ताकि यसको सुरुवात कसरी भयो र यस कुराको जाँच गरिनेछ कि सूचनाको पुष्टि हुन सक्छ या सक्दैन । यस प्रोजेक्टको नाम ग्रीसको मिथकीय चरित्र फीममा राखिएको छ , जो विभिन्न हल्ला फैलाउनको लागि विख्यात थियो । यस प्रोजेक्ट तीन वर्षसम्म चल्नेछ । जसमा पाँच विश्वविद्यालय, शेफील्डm वारविकm लण्डनको किंग्स कलेज, जर्मनीको सारल्याण्ड र वियेनामा मोडल हिस्सा लिइरहेका छन् । ( एजेन्सीको सहयोगमा ) 

0 $type={blogger}: