Friday, December 13, 2013

समाचार प्रभाव: तम्घासको सडक मर्मत भयो

प्रेम सुनार गुल्मी मंसिर २८ -
केहि दिन अघि गुल्मी दिगाम सेरोफेरो(गुल्मी) ‘सरोकारवालाकै सामु सदरमुकामका सडकको यो हविगत’ शिर्षकको समचार प्रकाशित भए लगत्तै सदरमुकाम तम्घासस्थित जिल्ला प्रहरी कार्यालय अगाडी तिन महिना अघिदेखि खाडल परेको सडक मर्मत गरिएको छ । गुल्मी जिल्लामा चुनाव अघिदेखि बस्दै आएका शस्त्र प्रहरीहरुले सो सडक बनाएका हुन् । भवन अभावमा नेपाल टेलिकम शाखाको भवनमा अस्थाई क्याम्प खडा गरी बसेका शसस्त्र प्रहरीले समचार प्रकाशित भए लगत्तै मर्मत गरेको शस्त्र प्रहरी निरक्षक वासुदेव भण्डारीले गुल्मी दिगाम सेरोफेरो(गुल्मी) लाई बताए । विच वाटोमा खाडल भएपछि हामीलाई पनि गाडी आवत जावत गराउन बढो मुस्कील भएको थियो ’भण्डारीले भने –‘ सिडियो सावले जिल्ला विकास समितिलाई भन्नु भएछ तर उसले ढिला गरेपछि हाम्रो टोली गएर मर्मत गरेको हो । ’ बाटो बनेर आवत जावत सहज भएपछि तम्घास वासीले गुल्मी दिगाम सेरोफेरो(गुल्मी) र शसत्र प्रहरीलाई धन्यवाद समेत दिएका छन् । तम्घासमा बसेर पत्रकारिता गर्दै आएका गैह्र सरकारी महासंघका सचिव रेशम कुँवरले यसरी नै पत्रकाहरुको आँखा विकास निर्माणमा पर्नु पर्नेमा जोड दिए । पत्रकार हरुको आँखा पर्न सके सरकारी निकाय पनि त्यसरी तात्दो रहेछ ’ कुँवरले भने –‘ समाचार प्रकाशित भए लगत्तै बन्यो ,त्यसका लागि धन्यवाद छ । तिन–चार महिना देखि ब्यस्त उक्त सडकमा ढलको ढकनी खसेपछि परेका खाडलका कारण पैदल देखि गाडी आवत जावतमा समेत समस्या भएको थियो । सदरमुकामका अन्य सडक समेत आफ्नो साधन श्रोतले भ्याए सम्म मर्मत गर्ने शस्त्र प्रहरीले जनाएको छ ।
                     
                                                                       हिजो नबन्दाको सडक
                                                   आज बनेपछिको सडक                                          तस्विर : प्रेम सुनार

0 $type={blogger}: