प्रेम सुनार गुल्मी २८ मंसिर ।
मंसिर २७ गते विहना ठुलोलुम्पेकको चेहमी गाउँमा मृत फेला परेका अस्लेवा ६ का ३१ वािर्षय पदम पाण्डेको हत्या भएको भन्दै आज पाँच जनाका नाममा किटानी जाहेरी परिवाजनले दिएका छन् ।
ठुलोलुम्पेक ८ को चेहमी गाउँस्थि एक ब्याक्तिको घरको पुजामा राती ११ बजेसम्म संगै खान–पिन गरेर बसेका मध्येका केहि मानिसहरुबाट सत्य तथ्य खुल्ने भन्दै किटानी जाहेरी दिईएको अस्लेवाका समाज सेवी गोपालप्रसाद पाण्डेले बताए । अस्लेवाका ति गाउँहरुमा हाउस वाईरिङ्ग गर्दै आएका र घरमा पैसा पठाई देउ भने पछि १० हजार भन्दा बढि रकम उठाएर राखे पनि सो रकम उनको साथमा नहुनुले पनि पैसा लुट्ने क्रममा हत्या भएको हुन सक्ने बाबु धातानन्द पाण्डले बताए ।
उनलाई मोटरबाटो देखि घिसार्दै तल खेतमा लगेर निर्वस्त्र अवस्थामा घोप्टो पारेर फालिएको थियो । उनको टाउँको र छातीमा ढुङ्गाहरुले प्रहार गरे जस्ता चोटहरु छन् । शवको प्रकृति देख्दा उनलाई ठुलै समुहले सुनियोति रुपमा हत्या गरेको हुन सक्ने जनता उच्च माथ्यामिक विद्यालय अस्लेवाका शिक्षक विष्णुप्रसाद पाण्डेले बताए ।
समाज सेवी गोपाल पाण्डेका अनुसार त्यस राती पुजा गरेर ल्याएको पाठो काटेर पाण्डे सहितका मानिसहरुले संगै बसेर खाएका थिए । ‘उनको हत्या नै भएको हो’ पाण्डेले भने –कसले ग¥यो भन्ने कुरा प्रहरी अनुसन्धानले देखाउला । ’ आजै उनको शव पोष्ट मार्टम गरीएको छ । यस घटनाका सवम्वन्धमा अनुसन्धान भई रहेकोले अहिले नै आफु केहि नबोल्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमासा लम्सालले बताए । ‘ ईनस्पेक्टर निशान्त श्रीवास्तव अनुसन्धानका लागि वन्द स्पोट रिर्पोटमा हुनु हुन्छ ’उनले भने –उहाँको रिर्पोट नआए सम्म म अहिले बोल्न सक्दिँन । ’

0 $type={blogger}:
Post a Comment