Wednesday, December 18, 2013

नेपाल हिमालयन क्लब बहराइनको स्थापना

कृष्ण बहादुर हमाल,बहराइन । 
बैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा बस्ने नेपालीहरु संगठित हदैं सामाजिक, जातिय , क्षेत्रीय संघ संगठनहरु दिनप्रतिदिन खुल्नेक्रम बढिरहेको छ । यसै क्रममा १३ डिसेम्बरका दिन साउथपार्क रेष्टुरेष्टको सभाहलमा एक कार्यक्रमका बिच आधिकारिक रुपमा सहकार्य, समन्वय र सामाजिक कार्यमा दृढ संकल्प भन्ने मुलनाराका साथ नेपाल हिमालयन क्लब बहराइन गठन भएको छ । कार्यक्रमका प्रमुखअतिथि बहराइनका लागी नेपाली कार्यबाहक राजदुत डा. दुर्गा बहादुर सुवेदीले मैनबतीबालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको उक्त कार्यक्रमको सभापति प्रेम स्याङ्गता, संचालने क्लबका सचिब अनिल लामा र स्वागत मन्तव्य क्लबका महासचिब नरेश मल्लले गर्नु भएको थियो ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै का.बा. राजदुत सुबेदीले यसरी नयाँ लक्ष्य र उदेश्यका साथ स्थापना गरिएको नेपाल हिमालयन क्लब बहराइनले आगामी दिनमा बहराइनमा रहेका संघसंस्था र सबै नेपालीहरुसंग सहकार्य गदै अगाडी बढोस भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो । साथै उहाँले बैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा पनि यही २६ मंसीर २०७० तदनूसार ११ डिसेम्बर २०१३ देखि नेपाल सरकार र बहराइन सरकारले घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाइ बहराइनमा आधिकारिक रुपमा प्रबेश आज्ञा दिएको समेत जानकारी दिनुभएको थियो । राजदुत सुवेदीले समाजमा रहेका जाल र भ्रम फैलाउनेहरुदेखि सबैलाई सचेत हुन आग्रह गर्दै नेपाली राजदुताबास दिदिबहिनीहरुको लागी माइती र दाजुभाईहरुको लागी घर भएको पनि बताउनु भयो । त्यस्तै कार्यक्रममा एन.आर.एन.का प्रतिनिधि सन्तोष दाहाल , झापाली यूवा समाजका रविन न्यौपाने , लाँली गरास सेवा समाजका प्रकाश पाठक , चितवन सेवा समाजका बेदराज पौडेल , नेपाली क्लबका मानार्थ गम गुरुङ्ग, नेपाली प्रवासी मञ्चका शशि अधिकारी , नेपाली जनसेवा समाजका दिपकला, नेपाली जनसम्पर्कका केशब पौडेल, मगर संघका कृष्ण सारु मगर, अर्घाखाची प्रवासी समाजका कर्ण थापा मगर, बाग्लुङ्ग सेवा समाजका लालबहादर पाठक, ऐक्यबद्धता मासिकका बहराइनप्रतिनिधि कृष्ण बहादुर हमाल , जनप्रगतिशिल मञ्चका धर्मराज भट्टराई लगायतले आ–आफनो भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा ASK GENERATION नेपाली साँस्कृतिक समूहका अरुण क्षेत्रीले बहराइनमा रहेका सबै कलाकारलाई भए समेटेर लैजाने बताउनु भएको थियो भने ऐक्यबद्धता मासिकका बहराइन संयोजक नारायण रपाल बिश्वकर्माले मृत्युसँग लड्दै बाँच्नु भएका पत्रकार बि.के. पाल्पालीको सहयोगको लागी सबैलाई जानकारी गराउनुभएको थियो । नेपाल हिमालयन क्लब बहराइनले आफ्नो कार्य समिति अध्यक्ष प्रेम स्याङ्गतान, प्रथम उपाध्यक्ष संगिता मल्ल ,दितिय उपाध्यक्ष राम तामाङ्ग , महासचिव नरेश कुमार मल्ल , सचिब अनिल लामा , कोषाध्यक्ष जिवन थापा मगर , सहकोषाध्यक्ष खगेन्द्र थापा , सदस्यहरुमा पूर्ण गुरुङ्ग , सपना स्याङ्गतान , अन्जली लिम्बु , पदम मगर र सोम सुनुवार रहेको छ । कार्यक्रमको अन्त्यमा संचालक अनिल लामाले कार्यक्रम अवधिभर साथ दिनुभएकोमा सबैलाई धन्यवाद दिनुभएको थियो भने सभापति प्रेम स्याङ्गतानले कार्यक्रममा उपस्थित सम्पुर्णलाई बिशेष धन्यवाद दिदै आगामी दिनमा सबैसंग सहकार्य र समन्वय गरेर गर्दै अघि बढ्ने बताउदै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम उपस्थित सबैलाई खानाको व्यवस्था समेत गरिएको थियो ।

0 $type={blogger}: