Friday, December 20, 2013

असहाय वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण

प्रेम सुनार गुल्मी ५ पौष ।
काठमाण्डौको एक संस्थाले गुल्मीका असहाय वालवालिकाहरुलाई आज एक समारोहका विच शैक्षिक सामग्र वितरण गरेको छ । यहाँस्थित दलित महिला संघको संयोजनमा नेपाल असहाय वालवालिका सहयोग केन्द्र कालिमाटी, काठमाण्डौले ३१ जना असहाय वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । 
सो संस्थाका अध्यक्ष बाबु नेपाल र कार्यक्रमका प्रमुख अतिथीजिल्ला शिक्षा अधिकारी गोविन्द्रप्रसाद अर्यालले वितरण गरेका थिए । सिर्जना प्राथामिक विद्यालय तम्घास ८ भुजेलखर्क, रेसुङ्गा माध्यामिक विद्यालय तम्घास र शिद्धबाब उच्च माध्यामिक विद्यालय खानीगाउँ तम्घासका विद्यार्थीहरुलाई कपी कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो । वालवालिकाहरु अधिकांस दलित समुदायका थिए ।
२०६० सालमा स्थापना भएको सो संस्थाले गरिव विपन्न वर्गका वालवालिकाहरुलाई शैक्षिक क्षेत्रमा प्रोत्साहित गर्न सहयोग गर्दै आई रहेको अध्यक्ष नेपालले बताए । ‘ सबै भन्दा चेतनशिल प्राणी मानिस हो तर पनि शिक्षा विना उसले केहि गर्न सक्दैन ’– नेपालले भने–‘ उसले आफ्नो संसार वदल्नु छ भने पढ्न नितान्त जरुरी छ । ’
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्याले जिल्ला शिक्षा कार्यालयले पनि असहाय वालवालिकालाई विद्यालय भर्ना र पढाईलाई निरन्तरता दिन विभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै सहयोगी संस्थालाई धन्यबाद दिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्ति, प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठ, लगायतको सहभागिता थियो । दलित महिला संघकी अध्यक्ष कमाला बरालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमा संस्थाका अध्यक्ष बाबु नेपालको अध्यक्षता र दलित महिला संघकी ममता चुँदराको सञ्चालन रहेको थियो । 

 तस्वीरः वालवालिकाहरुसंग तस्वीर खिचाउँदै अध्यक्ष नेपाल र कार्यक्रमको उद्घाटन गर्दै जि.शि.अ. अर्याल


तस्वीरःप्रेम सुनार

0 $type={blogger}: