प्रेम सुनार गुल्मी १० पुस ।
आज २५ डिसेम्वर संसार भरका क्रियशनहरुले झैं गुल्मीका क्रियश्नहरुले पनि क्रिसमस भब्य रुपमा मनाएका छन् । जिल्लामा कुल १४ वटा मण्डलीहरु रहेकोमा सदरमुकाममा मात्रै चार वटा मण्डलीहरुका क्रिश्चन धर्मलम्वीहरुले सदरमुकाम नजिकै रहेको पिकनिक पार्क साखिने डाँडामा मनाएका थिए ।
उनिहरुले आफहरुका प्रभु यशु क्रिष्टको जन्म दिन केक काटेर विभिन्न प्रवचन र भजन गाएर मनाएका हुन् । उनै यशु क्रिष्टको जन्म दिनलाई नै ईस्वी सम्वतको सुरुवात मानिन्छ र ईस्वी संम्वत मान्ने संसारभरका मानिसहरुले नव वर्ष भव्य रुपमा मनाउने गर्दछन् । तम्घास मण्डलीका अगुवा अर्थात त्यस धर्मका एल्डर प्रेम पुनले केक काटेर सुरु गरिएको क्रिसमस पर्व विशेष कार्यक्रममा युवा युवतीहरु नाच गान गरेर रमाईलो गरेका थिए भने सहभोज समेत गरेका थिए ।
जातिय छुवाछुतको विभेद नराख्ने क्रियश्चन धर्म लम्वीहरु को ब्राम्हण क्षेत्री, को जनजाती, को दलित ? एकै भाँडामा खाना पकाई आ–आफुले झिकेर खाएको देख्दा जातिय विभेदले आक्रान्त हिन्दु धर्म मान्ने अन्य दलितहरुलाई निकै आकर्षित गरी रहेको थियो । त्यो धर्मको सवै भन्दा सवल पक्ष जातिय रुपममा समनता रहेको छ ।
हिन्दु धर्ममा रहेर आफुहरुले कथित उपल्लो जातिहरुबाट चरम विभेद र घृण सहनु परेकोले क्रिश्चन धर्ममा लागेको तम्घासका वासीन्दा लिल नेपालीले बताए । तम्घास क्रिश्चन मण्डलीका अध्यक्ष समेत रहेका उनले पछिल्लो चरण त्यस धर्ममा लाग्नेहरुको संख्या बृद्धि भएको दावि गरे । गुल्मीमा कहिले देखि क्रिश्चनहरु संगठित भए त ? यस सम्वन्धमा एल्डर पुनले भने–‘ तम्घासको हकमा आफु २०४९ सालमा आउँदा यहाँ एक जना पनि क्रिश्चनहरु थिएन् तर विस्तारै बुझाउँदै जाँद यस धर्मप्रति मानिहरुको आश्था बढ्दै गएको छ । पुनले थपे मण्डली राखेरै संगठित भने २०५३ सालबाट भएका हौं ।’
गुल्मीमा क्रिश्चनहरुको उद्गम थलो शान्तिपुर मानिन्छ । जिल्लामा सबै भन्दा पहिला क्रिश्चनहरु बसोबास गरेको शान्तिपुर हो । तम्घास भन्दा धेरै पहिले देखि नै उनिहरु संगठित हुँदै आएका हुन् र त्यहाँ उनिहरुले क्रिसमस पनि तम्घासमा भन्दा अझ विधिवत र भब्य रुपमा मनाएका छन् । छिमेकी जिल्ला अर्घाखाँचीको खनियावास लगायतका गाउँका क्रिश्चनहरु झन धेरै अघि देखि बसोबास गर्दै आएका हुन् ।
तस्वीर : तम्घासका क्रिश्चनहरुले साखीने डाँडामा मनाएको क्रिसमसका केहि झलकहरु

तस्वीरः प्रेम सुनार
0 $type={blogger}:
Post a Comment