Tuesday, December 17, 2013

भिसा नआएपछि सोमपाल श्रीलंका गएनन्

२ पुस, काठमाडौं ।
एकदिवसीय विश्वकप छनोट क्रिकेटको तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । टोलीका सदस्य फास्ट बलर सोमपाल कामी भने अन्य खेलाडीहरुसँगै श्रीलंका जान पाएनन् ।
भीसा आउन समय लागेकाले सोमपाल अन्य खेलाडीहरुसँग जान नसकेको नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताउनु भयो । ‘जर्नी टु वल्र्डकपपछि मात्र प्रक्रिया सुरु गरेकाले भिसा आउन समय लाग्यो’ प्याकुरेलले भन्नुभयो-’३/४ दिन लाग्ला ।’ मंसिर तेस्रो साता भएको जर्नी टु वल्र्डकपमा राम्रो प्रदर्शन गरेपछि सोमपाललाई टोलीमा समावेश गरिएको थियो ।
नेपाली टोलीले १० दिने श्रीलंका बसाईका क्रममा चार अभ्यास खेल खेल्नेछ । त्यसपछि न्यूजिल्याण्ड पुगेर नेपाली टोलीले आफ्नै व्यवस्थापनमा चार अभ्यास खेल खेल्नेछ भने आईसीसीले नामिबिया र केन्यासँगको अभ्यास म्याच खेलाउने छ ।एकदिवसीय विश्वकप छनोटमा नेपालले यूएई, स्कटल्याण्ड, हङकङ र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।अनलाइनखबरबाट

0 $type={blogger}: