Monday, December 16, 2013

१२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको औचित्य सकियो : माओवादी -

अब जनबिद्रोहमा जुट्छौं, बम विष्फोटको जिम्मा लिन्छौं’

कठमाडौं, पौष १ । नेकपा–माओवादीले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको औचित्य सकिएको घोषणा गरेको छ । ललितपुरको कुपण्डोलमा एक सातादेखि चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा माओवादीले २०६२ सालमा नयाँदिल्लीमा भएको १२ बुँदे सहमति र २०६५ मंसिरमा भएको विस्तृत शान्ति सम्झौताको औचित्य सकिएको बताएको हो ।पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले अब गोलमेच सम्मेलन मार्फत नयाँ शीराबाट सहमतिको खोजी गर्नुपर्ने बताए ।

वैद्यले संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस–एमाले लगायतका दलहरुले दुई तिहाइ बहुमत ल्याएकाले मुलुक २०४७ सालको अवस्थामा फर्किएको भन्दै अब आफूहरु जनबिद्रोहमा जुट्ने दाबी पनि गरे । एकीकृत माओवादी सडकमा आए कार्यगत एकता हुनसक्ने भन्दै वैद्यले त्यसका लागि एमाओवादीबाट विजयी सभासदहरुले राजिनामा गर्नुपर्ने र समानुपातिकतर्फको सूची बुझाउने नहुने शर्त अघि सारे ।

पत्रकार सम्मेलनमा उनले गत मंसिर ४ गतेको निर्वाचन बिथोल्ने क्रममा देशका विभिन्न ठाउँमा भएको बम बिष्फोटको आफूले जिम्मा लिने पनि बताए ।
                                                   

0 $type={blogger}: