जनार्दन घिमिरे गुल्मी, २६ मंसिर ।
पुर्व मन्त्री तथा नेकपा एमाले प्रचार बिभाग प्रमुख प्रदिप कुमार ज्ञवालीले निर्वाचन पश्चात आफनो निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता तथा मतदाताहरुलाई धन्यावाद दिनका लागी क्षेत्र भ्रमण अभियान सुरु गर्नु भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीसंग पराजित हुनुभएका एमाले पोलिट ब्यूरो सदस्य प्रदिप कुमार ज्ञवालीले कार्यकर्ता भेटघाटको क्रममा चुनावी दौरानमा गरिएका बाचाहरु पुरा गर्ने प्रदीबद्धता जनाउनु भएको छ ।
चुनावमा हार जित स्वभाबिक कुरा हो, चुनाव हारे पनि हामी जनताकै माझमा छौ, जनताका सुख, दुखमा साथ सहयोग र बिकासका काममा अगुवाई निरन्तर जारी रहने छ , उहाले भन्नुभयो । एउटा पराजयबाट निरास नबनौ कमी कमजोरी सच्चाएर पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउदै कार्यकर्ताहरुलाई थप उँचो मनोवलका साथ पार्टी काममा लाग्न आग्रह गर्नु भएको छ । गुल्मीको रिडी ,ग्वादी र रिमुवामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
अहिलेको मुख्य राजनितीक बिषय संघिय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकार संस्थागत गरि जनताले आफ्नो महसुस गर्ने संबिधान निमार्ण गर्नु मुख्य अभिभारा भएको भन्दै पार्टीको तर्फबाट एक सक्रिय राजनितीक कार्यकर्ताको हैसीयतले आफु निरन्तर क्रियाशिल रहने बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य निलकन्ठ गौतम, नेकपा एमाले लुम्विनी अञ्चल समन्वय कमिटी सदस्य कोशल पोखरेल, खडग केसी, जिल्ला कमिटी उप सचिव बालसिंह काउछा, लगायत त्यस क्षेत्रका अगुवा, नेता, कार्यकर्ता, मतदाता तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
0 $type={blogger}:
Post a Comment