प्रेम सुनार, गुल्मी मंसिर ७ –
गुल्मीमा नेपाली कांग्रेसले झण्डै विस वर्षपछि कम्युनिष्टहरुबाट आफ्नो किल्ला मानिएको क्षेत्र नम्वर १ र २ यस पाली खोसेको छ । २०४८ सालमा तिन वटै क्षेत्र जितेको कांग्रेस २०५१ साल पछिका सर्वै चुनावहरु मा एमाल र माओवादी दुवै कम्युनिष्टहरुबाट गुमाएको थियो । २०५१ र ५६ मा तिन वटै क्षेत्र जित्न सफल नेकपा एमालेले गत संविधान सभा चुनावमा दुई वटा क्षेत्र गुमाएर सो पार्टीका प्रभावशाली ने ता प्रदिपकुमार ज्ञवालीको प्रभावबाट क्षेत्र नम्वर २ मात्र बचाउन सफल भएको थियो । जुन क्षेत्रबाट नेता ज्ञवाली यसपाली पराजित हुनु परेको छ । दुई दुई पटक जितेका ज्ञवाली र दुई दुई पटक हारेका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीको जितलाई कांग्रेसले यसपाली आफ्नो सवै भन्दा ठुलो जित ठानेको छ । सदरमुकाम लगायतका स्थानमा गर्न थालिएको विजय जुलुसमा कांग्रेसजनहरुको नारा एमाले नेता ज्ञवालीको विरोध र ब्याङ्गमा बढि केन्द्रित देखिन्छ । भण्डारीले २१ हजार १ सय ८७ मत ल्याएर विजयी भएका हु्न भने निकतम प्रतिद्धन्द्धी ज्ञवालीले १८ हजार ६ सय १४ र एमाओवादीका अशोक थापाले ४ हजार ५ सय १८ मत ल्याएका छन् । उता क्षेत्र नम्वर १ मा पनि गत संविधान सभा चुनावमा जितेका एमाओवादी उमेदवार सुदर्शन बराललाई तेश्रो स्थानमा झारेर नेपाली कांग्रेसका कृष्ण छन्त्याल झिनो मतले विजयी भएका छन् । उनले १० हजार २ सय ९४ मत ल्याएर एमालेकी मैना भण्डारीलाई १ सय ५९ .मतको अन्तरले जितेका हुन् । अघिल्लो पटकको विजेता एमाओवादी उमेदवार सुदर्शन वरालले भने जम्मा ५ हजार ४ सय ३२ मत मात्रै पाएका छन् ।

0 $type={blogger}:
Post a Comment