प्रेम सुनार, गुल्मी मंसिर १४ ।
दोश्रो संविधान सभा चुनावमा विजय भएका गुल्मीका सभाषदहरुलाई गुल्मी उद्योग वाणिज्य संघले आज एक समारोहका विच सम्मान गरेको छ । संघले आफ्नै सभाहलमा क्षेत्र नम्वर २ का सभाषद चन्द्र भण्डारी र ३ का सभाषद एवं पुर्व मन्त्री गोकर्णराज विष्टलाई सम्मान गरेको हो । सभाषद्धयलाई नेपालीको पहिचान भन्दै शिरमा ढाकाको टोपी, खादा र फुल अविर पहिराएर सम्मान गरिएको थियो । संघका संस्थापक अध्यक्ष नरप्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष नन्दराम भुसाल, वर्तमान अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे सहित अन्य उद्योगी ब्यवसायी र समाज सेवीहरुले सम्मान गर्दै सभाषद व्दयलाई जनताले चाहेको संविधान बनाउन र विकास कार्यामा सफल हुन शुभकामना र बधाई ज्ञपान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष पाण्डेले संघको अवधारण पत्र प्रस्तुत गदै जिल्लाको समग्र विकासका लागि पर्यटन र कृषिलाई टेवा पुग्ने खालका कार्यक्रमहरु ल्याउन सभाषदद्धयसंग आग्राह गरेका थिए । उनले सालझण्डी तम्घास फास्टट्रयक निर्माण,रेसुङ्गा विमान स्थल निर्माण र तम्घास अस्पतालको स्तर बृद्धि लगायतका विकास निर्माण गर्न सभाषदहरुसंग माग गरेका थिए । सभाषदद्धयले पनि ती मागहरु सम्वोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।
क्षेत्र नम्वर १ बाट विजयी सभाषद कृष्ण छन्त्याल भने केहि दिन अघि नै काठमाडौ गएकोले उहाँलाई पछि सम्मान गरिने संघले जनाएको छ । कार्यक्रममा सभाषदव्दय र संघका पुर्व अध्यक्ष नन्दराम भुसालले मन्तब्य राखेका थिए । संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेको स्वागत मन्तब्य र महासचिव कृष्णप्रसाद पोखरेलको सञ्चालन रहेको थियो ।
म जीतेर पनि हाँस्न सकिन : विष्ट
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं गुल्मी ३ का संविधानसभा सदस्य विष्टले जनताले दिएको जीम्मेबारीको बोझले चुनाव जीतेर पनि आफू खुशीले हाँस्न नसकेको बताएका छन् । चुनाव जीतेको खुसी भन्दा यो संविधान सभाले पनि संविधान बनाउने हो कि होईन भन्ने चिन्ता रहेकोले आफू हाँस्न नसको उनको भनाई छ । ‘चुनाव जीतेको भन्दा पनि मलाई ज्यादा चिन्ता छ यो संविधान सभाले पनि संविधान बनाउने हो कि होईन भन्ने– उनले भने – जनताले दिएको यो जिम्मेवारी हो पुरा गर्न सकिने हो कि होईन भन्ने मलाई चिन्ता छ । ’ विश्वमा कतिपय मु्लुकमा संविधान घोषणा पश्चात पनि राजसंस्था व्युँतेको ईतिहास भएकोले यस विषयमा सँधै सचेत रहँदै जनक्षिय संविधान बनाउनु पर्नेमा उनको जोड छ । ‘संविधान बनेर मात्रै हुँदैन, जनपक्षिय र प्रगतीशिल संविधान बनोस – उनले भने – त्यस्तो संविधानले मात्र जनताको अपेक्षा पुरा हुन सक्छ ।’
यो देश र समाज विग्रनुको कारण बाह्रै महिना राजनीतिका कुरा र हेर्ने हरेक नजर पनि राजनिती भएको उनको धारण थियो । यस्तो नजरिया तोड्न नागरिक समाज लाग्नु पर्नेमा उनले जोड दिए । ५ वर्षमा हुने चुनवाताका मात्रै राजनीति गर्नुपर्ने अन्य समयमा साझा विकाशका अवधारणा लिएर अघि बढ्न सके मात्र जनअपेक्षा पूरा हुने उहाँको भनाई छ । ‘म एमालेको उम्मेदवारको नाताले जीतेपनि सबै जनताको साझा सभाषद् हुँ, – उनले भने – म पार्टी र विचारका आधारमा कोही कसैप्रति फरक दृष्टिकोण राखेर पक्षपाती व्याबहार गर्ने छैन, यो मेरो प्रतिवद्धता हो । उनले सरकार गठन र संविधान निर्माणमा सबै दललाई सहमतिमा लिएर जानु पर्ने बताए । एमाअओवी , चुनाव वहिस्कार गरेको नेकपा–माओवादी र अन्य ३२ वटा दललाई समेत सहमतिमा ल्याएर संविधानबनाईनु पर्छ,यसमा हदै सम्मको लचकता अपानाईने छ ’उनले भने–त्यति गर्दा पनि सहमति बन्न नसके प्रकृयागत ढंगले पनि संविधान जारी गरिने छ । ’ उनले देश समृद्ध बनाउन स्थानिय कच्चा पदार्थमा आधारित उद्योग पर्वद्धन गर्नु पर्ने बताए । चिन र भारत विचको ब्यापारिक मार्ग निमार्ण गर्न सके नेपालको वार्षिक वजेट भन्दा बढि आय त्यसबाट हुने उनको भनाई छ । उनले अलपत्र अवस्थामा रहेको सिमीचौर स्थित रेसुङ्गा विमान स्थल निर्माण कार्य पुरा गर्ने जिम्मेवारी आफ्नो पनि भएको बताउादै रकम पार्नमा सक्दो सहयो गर्ने प्रतिवद्धता जनाए ।
पैसाको राजनीति अन्त्य होस- भण्डारी
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी २ का संविधानसभा सदस्य चन्द्र भण्डारीले पैसा खर्च गरेर चुनाव जित्ने संस्कृतिले अन्त्य हुनु पर्नेमा जोड दिएका छन् । गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको सभाषदहरुको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘खल्तीमा पैसा बोक्ने, कहाँ छ दलित गरिव वस्ती भन्दै जाने,उसलाई पाडो दिने कि, भैँसी दिने कि , रक्सी दिने ? चुनावमा यस्तो संस्कृति छ – उनलेले भने–उसको घरमा साँझलाई खाने छ छैन , उसको छोराछोरीले पढ्न पाएको छ छैन, त्यसको मतलव नराख्ने यस्तो संस्कृति अन्त्य हुनु पर्छ ।’
धेरै राननीतिक दलमा असक्षम नेतृत्व भएको भन्दै उनले आफ्नै पार्टीसंग डर लागेको बताए । ‘मलाई कसैसित डर छैन, आफ्नै पार्टिसित डर छ – उनले भने – अव मन्त्रीहरुका लागि आपसमा लडाई हुन्छ, यस्तो संस्कारको अन्त्य नभए जनताको अपेक्षा पूरा हुन सक्दैन ।’ उनले सबै पार्टिहरुमा राजनीतिक संस्कार नभएकोले जातजाती, भाषाभेष र हिमाल पहाडको आधारमा विभेद भएको भन्दै सबै पार्टिमा पुनरसंरचनाको आवस्यकता रहेको बताए । ‘ जनता र नेता विचको विचार को अन्तर छ , माथी,एकथोक भन्छ, तल आएपछि जात–जाती भनेको छ, हिमाली भनेको छ , यसले विगारेको छ – उनले थपे – कल्चर नै ठिक छैन ,सबै पार्टिहरुमा रीईन्ट्रक्चरीङ्ग गर्नुपर्ने छ । ’
सिमिचौरमा ६ वर्षअघिदेखि शुरु गरीएको रेसुङ्गा विमानस्थल बेवारीसे अवस्थामा रहेको बताउँदै उनले काम गर्न नसक्ने अध्यक्षले राजीनामा दिनुपर्नेमा जोड दिए । ‘एउटा मान्छेलाई कतिवटा पद चाहिएको हो ? – उनले सोधे – सबैलाई अध्यक्ष नै चाहिने , काम चाँहि गर्न नसक्ने त्यस्तालाई राजीनामा दिन लगाउनुपर्छ ।’ उनले चुनावमा जनतालाई बाँडेको आश्वासन दोहो¥याउँदै सालझण्डी तम्घास सम्मको ५२ किलोमिटर फाष्टट्र्याक योजना पुरा गर्न नसके अर्को चुनावमा फर्केर भोट भाग्न नआउने प्रतिवद्धता जनाए ।

0 $type={blogger}:
Post a Comment