
बारा जिल्लाको रन्तपुरी गाविस वडा नं ८ मा रहेको बेहुलीको घरमा जन्तीहरू पुग्दा बेहुली अन्यत्र भागिसकेको थाहा भएको थियो । जन्तीहरू घरमा आइपुगेपछि बेहुलीपक्षले नयाँ दुलहीलाई खोज्दा नभेटेपछि खोजबिन समेत भएको थियो। यतिखेर बेहुला पक्ष नयाँ अर्को दुलही लाने कि के गर्ने भन्ने बारेमा अन्योलमा परेको बेहुलाका मामा बावुलाल वाइवाले जानकारी दिए।
उता बिवाहमा खर्च भइसकेको र लागेको खर्च बेहोर्नु पर्ने भन्दै बेहुला पक्षले क्षतिपूर्ति माग गरेपछि बिवादसमेत भएको छ। मानवमा गल्ती हुन्छ भन्दै वेहुलीपक्षले वेहुला पक्षलाई एक लाख पचास हजार रूपैयाँ जरिवाना तिर्ने भएका छन् । तामझामका साथ बेहुलीको घरमा जन्ती पुग्दा केटीनै नभएको जानकारी प्राप्त हुँदा छिमेकीहरुसमेत आश्चर्यमा परेका छन्।
0 $type={blogger}:
Post a Comment